३३ केजी सुन काण्डको चर्चा सेलाउन नपाउँदै नागढुंगाबाट ३ केजी अवैध सुन बरामद, को को पक्राउ परे ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ असार २०७५, आईतवार ०५:५०

काठमाडौं । अवैध ३३ केजी सुन काण्डको चर्चा सेलाउन नपाउँदै नागढुंगाबाट ३ केजी अवैध सुन बरामद गरेको छ । प्रहरीले गोप्य सूचनाका आधारमा काठमाडौंबाट तराई हिँडेको भारतीय गाडीमा छापा मार्दा ३ केजी ६ ग्राम अवैध सुन बरामद गरेको हो ।

प्रहरीका अनुसार युके ०२ ४६८४ नम्बरको गाडीको एयर फिल्टरमा राखेर लैजाँदै गरेको सुन बरामद भएको हो ।

नागढुंगा प्रहरीका अनुसार सुनसँगै गाडीका चालक र अर्का एक भारतीय नागरिक फत्राउ परेका छन् । प्रहरीले उनीहरूको परिचय नखुलाई सुक्ष्म रुपमा थप अनुसन्धान थालेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०