बोष्टर मिडिया,गोकर्णेश्वोर नगरपालिका र जया मल्टिपल क्याम्पसको संयुक्त आयोजनामा धान रोपाइँ कार्यक्रम भव्यताका साथ सम्पन्न ( फोटो फिचर सहित )

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ असार २०७५, शनिबार ०५:४४

काठमाडौँ । असार १५ अर्थात् राष्ट्रिय धान दिबसको अबसरमा  काठमाडौँको गोकर्णेश्वोर माकलबारीस्थित बोष्टर मिडिया, गोकर्णेश्वोर नगरपालिका  र जया मल्टिपल क्याम्पसको  संयुक्त आयोजनामा  धान रोपाइँ कार्यक्रम एक समारोहबीच भव्यताका साथ सम्पन्न भयो ।

कार्यक्रमको प्रमुख अतिथि संघिय मामिला तथा सामान्य प्रसासन मन्त्री लालबाबु पण्डितले  खेतीयोग्य जमिनलाई बाँझो राख्ने धनीलाई कारबाही गर्ने व्यवस्थासमेत गरिएको अबस्थामा अब कृषकलाई सरकारले अनुदान दिएर खेतियोग्य जमिनलाई नगदे बालीको रुपमा विकास गर्नु पर्ने बताउनुभयो ।

सो अवसरमा गोकर्णेश्वोर नगरपालिकाका नगरप्रमुख सन्तोष चालिसे ,बोष्टर मिडियाको अध्यक्ष मुकुन्द ढुंगाना ,जया मल्टिपल क्याम्पस प्रमुख भवानी प्रसाद पौडेल लगाएतले  परम्परागत कृषि पेसालाई आधुनिक प्रविधिले सहज र सरल तरिका बाट गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा कृषक सम्मान २०७५  द्वारा २  जना कृषकलाई धनराशि सहित सम्मान गरिएको थियो । जसमा गागलफेदीका  कृषक पदम बहादुर खड्का र चम्पा खड्कालाई नगद राशि सहित सम्मान गरिएको थियो भने सहभागी संघसस्थालाई सम्मान गरिएको थियो । रोपाइँ कार्यक्रममा आकस्मिक स्वास्थ्य सिबिर संचालन गर्ने मनमोहन अस्पतालका डा.मनोर दिन सैयद,कलाकार तथा संचारकर्मी सोभा त्रिपाठी , सिता अर्गानिक एग्रो प्रालिका अध्यक्ष सिता भट्टराई सगरमाथा आरोही कल्पना महर्जन लगाएतलाई बिशेष सम्मान गरिएको थियो ।

बोष्टर मिडियाको सल्लाकार ,चित्र बहादुर रसाइली , डोल्मा लामा लगाएत अतिथिहरुलाई मायाको चिनोद्वारा  सम्मानित गरिएको थियो  ।

कार्यक्रममा एक हजार जनाको उपस्थितिमा भएको थियो ।  रोपाइँ कार्यक्रम पन्चे बाजामा र्याली निकालिएको थियो भने विभिन्न संघ सस्था ,स्कुल कलेज ,र स्काउटका बिधार्थीहरुको सहभागी समेत रहेको थियो ।

आयोजक संस्थाका अध्यक्ष मुकुन्द ढुंगानाको संयोजनमा  भएको धान रोपाइँ भब्यताको साथ सम्पन्न भएको थियो । धान रोपाइँ समारोहमा सहभागी भएका सबैलाई आयोजक संस्थाले दही, चिउरा खुवाएर बिदा गरेका थिए ।

 

विशेष गरी असार पन्ध्रको दिन धान रोपाइ यसरि ब्याख्या गरेको पाइन्छ ।

असारे मासको दबदबे हिलो छि मलाई घिन लाग्यो,
पातली नानीलाई फरिया किन्दा छ बिस रिन लाग्यो‘‘ ।
खडेरीले फाटेको यो मन असारमै जोडौँला,
लाठे बनी आउ कान्छा, सँगै पिरती गाँसौला‘।।।

असार पन्ध्र । विशेष गरी असार पन्ध्रको दिन धान रोपाइ गरी दही र चिउरा खाएर यो कृषि पर्व मनाइदै छ । कृषि सभ्यतामा असार महिनालाई मानो खाएर मुरी उब्जाउने अवसरको रुपमा लिने गरिन्छ । सँगसँगै विषेश महत्व बोकेको नेपाली समाजको मौलिक पहिचान मानिने असारे भाका र संस्कृति भने लोप भइरहेको छ ।
असारको चटारोले छोपिसकेको छ ।

यसपालीको असारमा रोपाहार दिदीबहिनीहरुले कतैकतै लोप हुनै लागेको असारे गित कनिकुथी जानीनजानी गाउँदै धान रापाईँमा व्यस्त रहे त कतै आधुनिक चल्तीका मात्र गित सुनिए । तर, वास्तविक असारे गित र संस्कृति झल्काउने भाका गुञ्जिएको कतै सुनिएनन् । असारको महत्व घट्दै गएको हाम्रो समाजमा रोपाईँ पर्व मात्रै रोपाइको निरन्तरताको लागि सिमित भइरहेको छ ।
असार १५ का दिन एक फेर हिलो टेक्नु भन्ने मान्यता छ । यस दिन रोपाइलाई पर्वको रुपमा मनाइने हुँदा खेतको हिलामा पसेर असारे गीत गाउँदै धान रोप्ने गरिन्छ । हलगोरुले हिल्याएको हिलोमा छुपुछुपु धान रोपेर आपसमा रमाउँदै रोपाहार र बाउसेहरु एकापसमा हिलो छ्यापाछ्याप गरी हिलो खेलेर अन्न दिने माटोलाई माया गर्छन् र गीतका भाकामार्फत् आपसमा माया पिरती समेत साट्ने गर्छन । यसरी गीत गाउँदै हिलो खेल्दा एकातिर आपसमा मित्रता बढेर हर्ष खुशी छाउछ कुण्ठा हट्छन् भने अर्कोतिर चर्मरोग पनि निको हुन जनविश्वास रहेको छ । रोपाइ गरेर थाकेको अवस्थामा पोषिलो र शीतलता प्रदान गर्ने खाद्य परिकार दही चिउरा र अचारको खाजा खाने गरिन्छ।

नेपाली समाजमा पूर्वीय परिकार दही चिउरा असारमा र साउनमा खीर भन्ने गरिन्छ । असार १५ वर्षकै सबैभन्दा लामो दिन मानिने हुँदा हिलोमा गाइने असारे गीतले नेपाली समाजमा आजदेखि दिन छोटा र रात लामा हुने हुँदा हिउँदको शुरुवात भयो भन्ने गरिन्छ ।
छुपु र छुपु धान नै रोपौँ हातैको बर्माले,
झ्यालमा बस्ने ज्यान थियो मेरो दिएन कर्मले‘।।।
पुर्वकी दिदी, पश्चिमकी बहिनी भेट हुन्छ भनेर,
पटुकी कसी, घुम ओढी आएँ रोपार बनेर‘‘।।
माथि उल्लेख गरिएको गितले यस्तै कुराको संकेत गर्छ । असारे गितले कृषकहरुको दिनचर्यालाई अझ मेहनती बनाउन प्रेरित गर्छ । मानो छरेर मुरी उब्जाउने बेलामा यि र यस्तै गितहरु यहाँका हरेक फाँटहरु र ग¥हाहरुमा गुञ्जन्थे । तर, आजभोली यस्ता गित र भाकाहरु विरलै मात्र सुनिन थालेका छन् ।द्यइक्त्भ्च् ज्ञद्द

।।।बाबामाज्यूको गैरीमा खेत राम्ररी बिराइदेऊ,
सुन र चाँदी चाहिँदैन मलाई दौँतरी मिलाइदेऊ‘।। ।

मन रुन्छ भन्छिन् आमा, रिमझिम पानी आउँदाखेरी
खेत–बारीनी बाँझै देख्छु, असार मास लाउँदाखेरी‘।।
यि गितको भाव पनि असारको महिनालाई व्यस्त बनाउँन प्रयाप्त हो तर, कृषिमा देखिएको मल, विउ र सिँचाईको अभावले सबै क्षेत्र निराजनक बनेको छ । सरकारले किसानलाई न मल पु¥याउन सकेको छ, न सिँचाई नै । अर्कोतर्फ भूकम्पले सबैतिर क्षतविक्षेत बनेको अहिलेको यस्तो अवस्थामा असारको रौनक भन्दा पनि पिडा थपिएको छ, किसानको टाउकोमा । कृषिमा आधारित नेपाली अर्थतन्त्रलाई सुदृढ बनाउन कृषि उत्पादकत्व बढाउनुपर्नेमा कृषि विज्ञहरुको जोड छ । तर परम्परादेखिका यस्ता संस्कृतिहरुलाई पनि जोगाउन जरुरी देखिन्छ । सुनको दानाको उपनाम पाएको धानको महत्व आफैँमा छ । धान रोपाईँ गर्दा गर्दा हराउँदै गएका असारे गितहरुको पनि संरक्षण र संवद्र्धन गर्नुपर्ने आवश्यकता छ ।

अर्मपर्म मेलापात सँगसँगै धाउन आउ,
बर्खा लाग्यो यसपाली त चोखो मायाँ लाउन आउ‘।।।

मानो रोपी मुरी उब्जाउने बेलो हो यो मित्र,
हिलो छ्याप्दै प्रिय असारे गित गाउन आउ‘‘।
गाउँले झयाउरे भाकामा असारे गित गुन्गुनाउँदै किसानहरुले हिलोमा काम गरिरहेको दृशयले जो कोहीलाई पनि लोभ्याउने गर्दछ, यो सबैका लागी रहरको विषय पनि हो । असारे संस्कृति न असारे गित गाउनेहरुप्रति सम्मान पनि छैन । बेठी प्रचलन त अब पुरै लोप भैसक्यो ।        

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख ११, २०८१