नेपाल वायुसेवाको ‘अन्नपूर्ण’विमान, जस्ले अब सिधा अमेरिका, युरोप जापान लगाएत अन्य मुलुकमा पनि सिधा उडान गर्न सक्छ (फोटोफिचर सहित)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ असार २०७५, शुक्रबार ०५:५८

काठमाडौँ । नेपाल वायुसेवा निगमले खरीद गरेको वाइडबडी विमान आज काठमाडौँ आइपुगेको छ । एयरबस ए ३३०–२०० सिरिजको ९ एन–एएलवाई कलसाइनको अन्नपूर्ण विमान निगमले आज नेपाल आइपुगेको हो ।

यूरोपेली जहाज निर्माता कम्पनी एयरवसले निमार्ण गरेको उक्त जहाज बिहीबार बिहान सवा ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको हो। १८ विजनेस कलास, २ सय ५६ सिट २७४ सिट क्षमताको वाइड बडी विमानमा १६ वटा विजनेस क्लास सिट छन् ।

२७४ सिट क्षमताको यो जहाजलाई निगमले अन्नपूर्ण नामाकरण गरेको छ भने नेपाल नागरिक उड्यान प्राधिकरणले ९ एन–एएल वाई कल फाइन नाम दिएको छ।

निगमका अनुसार जहाजलाई १० करोड ४८ लाख अमेरिकी डलरमा किनिएको हो। यो जहाजलाई एक महिनाभित्र नियमित व्यापारिक उडानमा प्रयोग गरिने छ। पहिलो उडान कतारको दोहामा हुने स्राेतले बताएकाे छ।

२०७३ चैत २५ गते अमेरिकन लिजिङ कम्पनि एएआर कर्पोरेशनमार्फत् एयरबस ए ३३०–२०० सिरिजका दुई विमान खरिद सम्झौता भएको थियो । निगमले दुईटा वाइडबडी खरिदका लागि नागरिक लगानी कोष र कर्मचारी संचय कोषबाट नौ प्रतिशत ब्याजमा २४ अर्ब ऋण लिएको हो । संस्थासँग निगमले १५ वर्षको ऋण तिर्ने समय सिमा राखेको छ ।

वाइड बडी जहाज नेपाल एयरलाइन्समात्र भन्दा पनि देशकै पर्यटन उद्योगमा कोशेढुंगाको रुपमा सावित हुने एयरलाइन्सका प्रबन्ध निर्देशक सुगरत्न कंसाकारले बताए। यो जहाजले एकपटक धेरै यात्रुमात्र होइन लामो दुरीमा सिधा उडान गर्न सक्ने भएकोले नेपाललाई बाँकी विश्वसँग सम्पर्क स्थापित गर्न सहयोगी हुने उनको भनाइ छ।

‘वाइड बडीले वरिपरिमात्र उडान गर्ने होइन, यसले युरोप, अमेरिका, जापान तथा जहाँ आजको मितिमा सिधा उडान छैन त्यही गर्छ’ उनले भने,‘सिधा उडान हुँदा एकतिर पर्यटकहरूलाई नेपाल आउन सजिलो हुने छ भने अर्कोतिर एयरलाइन्सको व्यापार पनि राम्रो हुने छ।’

नेपालमा विदेशी पर्यटक कम आउनुको कारण महंगो र झन्झटिलो हवाइ यात्रा रहेको उनको भनाइ छ। अब राष्ट्रिय ध्वजावाहकले युरोप तथा अमेरिकाका मुख्य हव विमानस्थलमा काठमाडौंबाट सिधा उडान गर्ने घोषणा गरे।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख ११, २०८१