मुम्बईमा जहाज दुर्घटना, पाइलटसहित कम्तिमा पाँचको मृत्यु !

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ असार २०७५, बिहीबार १६:३३

मुम्बई।मुम्बई को घाटकोपर इलाकामा बिहीबार एक चार्टर्ड प्लेन निर्माणाधीन घरमाथि खसेको छ । यो दुर्घटनामा कम्तिमा पनि पाँचजनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा पाइलट मारिया कुबेर, को(पाइलट प्रदीप राजपुत, एयरक्राफ्ट मेन्टेनेन्स इन्जिनियर मनीष पाण्डे र सुरभि रहेका छन् ।

जहाज दिउँसो करिब सवा १ बजे घाटकोपरको सर्वोदय नगरस्थित बाक्लो बस्तीको एउटा घरमा खसेको हो । यो घटनापछि जहाज दुर्घटनाबारेको अनुसन्धान ब्यूरो (एएआईबी) ले छानबिन थाल्ने भएको छ ।

बस्तीमाथिबाट उडिरहेको जहाज दुर्घटनापछि एक व्यक्तिलाई आगोको लप्काले घेरेको देखिएको एक प्रत्यक्षदर्शीले बताएका छन् । प्रत्यक्षदर्शीका अनुसार बस्तीमा खस्न नदिन पाइलटले जहाजलाई निर्माणाधीन भवनतर्फ सोझ्याएका थिए।

घटनास्थल नजिक रहेका माणिकलालका अनुसार जहाज रुखमा ठोक्किएपछि निर्माणाधीन भवनमा खसेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यो भवनमा धेरै मजदुरले काम गर्दै आएका थिए  । दुर्घटना खाना खाने समयमा भएकाले धेरै मानिसले ज्यान जोगाएका छन्।

समाचार श्रोतको  अनुसार यो जहाज उत्तर प्रदेश सरकारको बताइएको छ । तर उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथका प्रमुख सचिव एसपी गोयलले मुम्बईमा दुर्घटनामा परेको जहाज सन् २०१४ मै बेचिएको बताएका छन् ।

मुख्य सचिव सूचना अधिकारी अवस्थीका अनुसार उत्तर प्रदेश सरकारबाट यूभी एभिएशनलले यो जहाज किनेको थियो । यस कम्पनीका म्यानेजिङ डाइरेक्टर दीपक कोठारी छन् । एयरोमार्केट वेबसाइटका अनुसार बिचक्राफ्ट किङ एयर सी ९ नामको यस जहाजको मूल्य ८ लाख २५ हजार डलर रहेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १२, २०८१