‘यस्तो खेलले जर्मन टिम विश्वकपमा समूह चरणबाट माथि जान योग्य थिएन’-जर्मन प्रशिक्षक

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ असार २०७५, बिहीबार १४:३९

काठमाडौं। विश्वकपको दावेदार मानिएको जर्मन कोरियासंग यसरी हारेपछि जर्मनका प्रशिक्षक जोचिम लोले भने, ‘ यस्तो खेलले जर्मन टिम विश्वकपमा समूह चरणबाट माथि जान योग्य थिएन’  विश्वकपमा बुधवार भएको खेलमा विश्वकपको दावेदार मानिएको जर्मन कोरियासंग यसरी हार बेहोर्छ भन्ने सायद सो टिमका समर्थकले सोचेका पनि थिएनन् । यस अघिको विश्वकपको च्याम्पिएन बनेको जर्मन कोरियासंग २ गोल खाएर पराजित भयो ।

कोरियावाट पराजित भएपछि जर्मन समूहचरणवाट बाहिररिएको छ । विश्वकपकै दावेदारका रुपमा हेरिएको जर्मन ८० वर्ष पछि पहिलो पटक यसरी समूह चरणवाट बाहिरीएको हो ।

१९३८ पछि जर्मनी पहिलोपटक विश्वकपको दोस्रो चरणमा पुग्न असफल भएको हो। ८० वर्षअघि स्विट्जरल्याण्डसँग ४-२ले पराजित बन्दै जर्मनी दोस्रो चरणमा प्रवेश गर्न असफल रहेको थियो।

फिफा वरियतामा एक नम्बरमा रहेको जर्मनीले समूह एफको पुछारमा रहँदै विश्वकपको अन्त्य गरेको हो ।

यो हार पछि जर्मनका प्रशिक्षक जोचिम लोले जर्मन टिम विश्वकपमा समूह चरणबाट माथि जान योग्य नरहेको बताएका छन् । खेलपछि प्रशिक्षक लोले आफ्नो टिम बाहिरिनका लागि योग्य रहेको प्रतिक्रिया दिएका हुन् ।

प्रशिक्षक लोले भने, ‘यो हामीलाई फेरि झकझक्याएको बताएका छन् । यो ऐतिहासिक भयो । यसले जर्मनीमा सार्वजनिक रुपमा ठूलो हल्ला मच्चाउने पक्का छ ।’

लोले भने, ‘स्वीडेनले अग्रता लिएपछि हामीलाई प्रतियोगितामा रहनका लागि जित नै आवश्यक थियो । तर हाम्रो टिमले खेलको लय नै समात्न सकेन । यो खेलमा हाम्रो क्लासिक खेल देखिएन । त्यसैले हामी बाहिरिनका लागि नै योग्य थियौं ।’

योसँगै विश्वकपका डिफेन्डिङ च्याम्पियनहरु अर्को विश्वकपको समूह चरणबाट बाहिरिने ह्याट्रिक संयोग बनेको छ। २००६ को च्याम्पियन इटाली २०१० को समूह चरणबाटै बाहिरिएको थियो भने २०१० को च्याम्पियन स्पेन २०१४ को समूह चरणबाटै बाहिरिएको थियो।

लो सन् २००६ देखि जर्मनीको प्रशिक्षक छन् । उनले यो १२ वर्षको अवधिमा जर्मनीलाई यसअघिका विश्वकपमा कम्तीमा सेमिफाइनलसम्म लगेका थिए।

मेक्सिकोलाई ३-० ले हराएको स्वीडेन जर्मनी रहेको समूह ‘एफ’ को विजेता तथा मेक्सिको उपविजेताको रुपमा अन्तिम १६ मा पुगेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१