सुन्दरी कलाकार तथा निर्देशक दीपाले खोलिन् सौन्दर्यको राज

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ असार २०७५, बिहीबार ०४:५५

काठमाडौं  । ब्यूटिसियन मीना न्यौपानेले सञ्चालनमा ल्याएको ‘सेरोमनी ब्यूटी पार्लर’ले आफ्नो १६ औँ बार्षिकोत्सव मनाएको छ । जावलाखेलमा रहेको उक्त पार्लरले मंगलवार एक कार्यक्रमका केक काटेर खुसी साटेको हो । कार्यक्रममा हाँस्यकलाकार तथा निर्देशक दीपाश्री निरौला, पूर्वमस नेपाल उषा खड्गी, नायिका तथा संचारकर्मी कृति भट्टराई, गायक तथा कलाकार यमन श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा दीपाले आफ्नो सौदर्यको राज समेत खोलेकी थिइन् । ‘म सुन्दर देखिन थालेको १६ वर्ष भएछ ’ दीपाले भनिन् ‘जहिलेदेखि सेरोमनी ब्युटी पार्लर खुल्यो । त्यहीलेदेखि म राम्री हुन थालेकी हुँ ।’ कार्यक्रममा पार्लरको उद्घाटनमा पनि आफू सहभागी भएको सुनाइन् ।

पूर्व मिस नेपाल खड्गीले प्रगतिसँगै गुणात्मक प्रभावमा पनि जोड दिन सुझाउँदा पार्लरकी सञ्चालिका मीना न्यौपाने ग्राहकलाई सहुलियत सेवा प्रदान गर्न कहिले पछाडी नहट्ने बताइन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१