प्लेन उडीरहेको बेला पाइलटलार्इ हृदयघात !

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ असार २०७५, बुधबार १३:५०

नयाँ दिल्ली। इन्डिगो एयरलाइन्सको एक विमानमा मुख्य पाइलटलाई उडानकै बेला हृदयघात भएपनि सामान्य ढंगले नै विमानलाई अवतरण गराएर सम्भावित दुर्घटना हुनबाट जोगाएका छन्।

समाचार एजेन्सीहरूका अनुसार इम्फालबाट कोलकाता आउँदै गरेको विमानमा पाइलटलाई हृदयघात भएको थियो। क्युवा मुलका ६३ वर्षीय पाइलट सिल्भियो डियाज अकोस्टालाई उडानकै क्रममा हृदयघात भएको हो।

कोलकता नजिकैको आकाशमा आइपुगेको अवस्थामा उनलाई हृदयघात भएको बताइन्छ। अवतरणको तयारी गरिरहँदा उनको दुखार्इ बढ्दै गए पछी उनले आफ्नो को–पाइलटलाई आफूलार्इ छाती दुख्न थालेको बताएका थिए।

संचारमाध्यमका अनुसार उनले पीडाका बाबजुत पनि  को–पाइलटको सहयोगमा विमानलाई सुरक्षित अवतरण गराएका थिए। अवतरण लगतै उनलार्इ अस्पताल भर्ना गरिएको थियो।

हृदयघातका कारण उनलार्इ छातीमा पीडा भएको उपचारमा संलग्न चिकित्सकहरूको भनाइ छ। मुटुमा जाने नसामा रक्तप्रवाह निकै कम या पूर्ण रुपमा बन्द हुँदा यस्तो समस्या आउने चिकित्सकको भनाइ छ। उनको स्वास्थ्यमा विस्तारै सुधार भइरहेको चिकित्सहरूले बताएका छन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१