टेकुको बागमती पुलमुनि युवतीको शव फेला !

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ असार २०७५, बुधबार १२:५३

काठमाडौं । काठमाडौंको टेकु बागमती पुलमुनि एकाबिहानै अन्दाजी २५ वर्षीया युवतीको शव फेला परेको छ । प्रहरीका अनुसार उक्त शव टेकुको बागमती पुलमुनि फेला परेको हो । कालो पाइन्ट र खैरो टिसर्ट लगाएकी अन्दाजी २५ वर्षीया युवती भएको हुनसक्ने प्रहरीको अनुमान रहेको छ ।

अपराध महाशाखाका डिएसपी रुगम कुँवरका अनुसार पाँच फिट उचाई भएकी मंगोलियन वर्णकी उनको निधारको माथिल्लो भागमा गहिरो चोट लागेको छ ।

उनको हातमा ‘आइलभ यु’ लेखेको ट्याटु समेत भएकाले प्रेम र ब्रेकअपको विषयसँग जोडीएर उनतको हत्या भएको हुनसक्ने प्रहरीको अनुमान रहेको छ । शवको अझै सनाखथ हुन सकेको छैन । घटनाको विषयमा प्रहरीले थप अनुसन्धान थालेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१