“न चिन्ने त को होला र ऋषि धमला” भन्ने गित कलाकारले निकालेपछि ऋषि धमलाले सोहि गीतमा अभिनय गर्दै गर्दा जे देखियो (भिडियो)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ असार २०७५, बुधबार ०६:०१

काठमाडौं ।  नेपाली पत्रकारहरुमाझ ‘हट केक’ मानिने चर्चित पत्रकार ऋषि धमलाबारे गीत तयार भएको छ । गीतमा धमलाका विषयमा दोहोरी गित मार्फत ब्यङ्ग गरिएको छ । पुरुष पात्रले धमलाको पक्षमा बोलेको छ भने महिला पात्रले ब्यङ्ग गरेको छ । राधिका हमाल र प्रदिप त्रिपाठीले गाएको गीतमा धमलाको सक्रियता र प्रबृत्तिलाई लिएर प्रसंशा र आलोचनाका शब्दहरु राखेर गीत तयार पारिएको छ ।

संचारकर्मी सन्तोष देउजा ठकुरीको शब्द संगीतमा तयार भएको गीत प्रिज रेकर्डिङ स्टुडियो, बबरमहलमा रेकर्ड भएको हो ।

तीज भाकामा तयार गीतलाई चाँडै बजारमा ल्याइने भएको छ । यस गीतलाई संचारकर्मी सन्तोष देउजा ठकुरीले पत्रकार ऋषि धमलाको जीवनमा घटी रहेको घटनालाई गीत मार्फत उतार्नु भएको छ । आज छायांकन हुदै छ । गीतको भिडियोमा ऋषि धमला र बोल माया बाट चर्चा रहेकी अन्जली अधिकारीको अभिनय रहेको छ ।
https://youtu.be/gMpmmlXMiaQ

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, चैत्र १५, २०८०