भन्सार ऐन मिच्दै कब्जामा राखिएको ट्रक छाडियो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ असार २०७५, मंगलवार १५:४०

नेपालगन्ज। सशस्त्र प्रहरी बलको सक्रियतामा भन्सार भई बाहिर निस्किने बेला जेठ ३० गते राती ९।३० बजे नेपाली चामल ब्राण्डको ८४ हजार केजी चामलसहित ४ ट्रक ९ट्रक नम्बर: ना ६ ख ५२०६, ना ६ ख ५२०७, ना ७ ख १२४४ र ना ७ ख १६१७० पक्राउ गरी भन्सार कार्यालयमा बुझाएको १३ दिनमा अर्थात असार ११ गते रातीसम्म ठुलो चलखेल र दबावका कारण पक्राउ भएको ट्रकलाई भन्सार ऐन, २०६४ लाई मिच्दै सोमबार राती छाडेको छ ।
भन्सार ऐन, २०६४ को परिच्छेद–११ को दण्ड सजाय शिर्षकको दफा ५७ ९२० को उपदफा ९१० मा ‘बमोजिम जफत हुने मालवस्तु ढुवानी गर्न प्रयोग भएको सवारी साधन सो साधनको धनीको सहमति वा जानकारीमा प्रयोग भएको रहेछ भने भन्सार अधिकृतले त्यस्तो
सवारी साधन जफत गरी निजलाई एक वर्षसम्म कैद गर्न सक्नेछ । सवारी साधनको धनीको सहमति वा जानकारीबिना सवारी चालकले जानाजानी त्यस्तो मालवस्तु ढुवानी गर्न सो सवारी साधन प्रयोग गरेको रहेछ भने त्यस्तो चालकलाई भन्सार अधिकृतले पाँच हजार रुपैयाँसम्म जरिवाना वा एक वर्षसम्म कैद वा दुवै सजाय गर्न सक्नेछ ।’ उल्लेख
छ ।
कब्जामा लिएको ट्रक छाडिएको प्रकरणबारे नेपालगन्ज भन्सार कार्यालयका निमित्त प्रमुख माधव आचार्यले विभागबाट ट्रक छोड्ने आदेशानुसार छाडिएको बताउनु भयो ।
विभागको आदेश भनिएकोमा विभागबाट लिखित आदेश नआएको भन्सार कार्यालयका एक कर्मचारीले बताए ।
यस विषयमा भन्सार विभाग काठमाडौंका महानिर्देशक तोयम राया भन्नुहुन्छ–‘नेपालगन्ज भन्सार कार्यालयको चामलको विषयमा केही थाहा भएको कुरा
हो । ट्रकको सम्बन्धमा ट्रकले हिजोअस्तिका दिनहरुमा त्यस्तै सामान ढुवानी गरेको हो भने छाड्न
मिल्दैन । अन्जानमा पहिलो पटक ढुवानी गरेको हो भने छाड्न
मिल्छ ।’
उक्त ट्रक कम्पनीले
भारतको त्यस्ता चामल ढुवानीमा एक दशक बढी संलग्नता रहेको आफैले स्वीकारेको छ ।
ट्रक छाड्नको लागि भन्सार विभागदेखि कार्यालयसम्म माथिल्लो निकायबाट धेरै नै दबाव आएकोले छाड्न बाध्य भएको बताउँदै आफ्नो नाम गोप्य राख्ने शर्तमा भने – विभिन्न समूहबाट आन्दोलन र मार्ने कुट्नेपिट्ने खालको धम्की आई
रहने हुनुको साथै काम गर्न कठिनाई भएको कारण पनि ट्रक छाडिएको हो ।’
नेपालको मेरुदण्ड भनेको नै भन्सार कार्यालय भएकोले
भन्सारमा खटिएका कर्मचारीलाई कसले यस्ता धम्की दिएको भन्ने विषयमा अहिले छानबिन गर्नु पर्ने विषय रहेको केही विज्ञहरुको भनाई रहेको छ ।
यस विषयमा नेपालगन्ज भन्सार कार्यालयमा राजस्व बृद्धि तथा सुरक्षा हेतु खटिएका सशस्त्र प्रहरी बललाई कुनै जानकारी नभएको र खबर हुनुका साथै २४सैं घण्टा
सुरक्षाको लागि तत्पर रहेको बताएको छ ।
नेपालगन्ज भन्सार कार्यालयबाट ग्रीन सिंग्नल दिँदै छाडिएको ट्रक लगायतका सामानहरुमा बिच बाटोमा चेकजाँच गर्ने वा हस्तक्षेप गर्ने कुनै पनि
सरकारी निकायलाई नभएको एक अधिकारीले जनाए ।
८४ हजार किलो चामल र ४ वटा ट्रकको विषयमा विभिन्न संचार माध्यमबाट सार्वजनिक भएको विषयमा भन्सार ऐनलाई मिच्दै नेपालगन्ज भन्सार कार्यालयले
रातारात ट्रक छाडिएकोले स्थानियमा आक्रोश समेत पैदा भएको भेटिएको छ ।
नेपालगन्ज भन्सार कार्यालयको कब्जामा रहेको ट्रकलाई छाडिएको विषयमा केही समूहले मनोमानी रोक्न तथा न्यायको लागि सर्वोच्च अदालतसम्म पुग्ने बताउने गरेको पाइएको छ ।
भन्सार ऐन, २०६४ को परिच्छेद–११ को दण्ड सजाय शिर्षकको दफा ५७ ९२० को उपदफा ९१० अनुसार पक्राउ परेको चामल जफत हुने वा नहुने भन्ने विषयमा अहिले निर्णय भइनसकेको अवस्थामा १२ दिनसम्म कब्जामा राखिएको ट्रकलाई एक्कासी रातारात छाडिनुले घटनालाई रहस्यमयपूर्ण तरिकाले आंकलन गर्न थालिइएको छ ।
ट्रक छाडिएको विषयमा विभिन्न मिडियामा सार्वजनिक भएपछि अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयले मंगलबार नेपालगन्ज भन्सार कार्यालयले के कति कारण र कुन ऐन अन्तरगत छाडिएको भन्ने विषयमा लिखित पत्र काटेको छ ।
अख्तियार अनुसन्धान कार्यालयका एक अधिकृतले भने–‘भन्सार विभागको मौखिक आदेशमा ट्रक छाडिएको र अहिले विभागसँग ट्रक छाड्ने विषयमा लिखित पत्र माग गरेको छौं भन्ने कुरा बताइएको छ ।’
विभागको लिखित पत्र बिनन नै ट्रक छाड्न किन हतार
गरियो ? अहिले प्रश्न खडा भएको
छ ।
अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयले ट्रक र चामलको विषयमा सुक्ष्म अनुसन्धान गर्ने बताएको छ ।
यस्तै नेपालगन्ज भन्सार कार्यालय अगाडि एउटा ठुलो बोर्ड
राखिएको छ । तर उक्त बोर्डमा लेखिएको बुंदाहरुलाई बेवास्ता गर्दै कब्जामा लिइएको ट्रकलाई छाडिएको छ ।
नेपालगन्ज भन्सार कार्यालयको यो घटनाले भोलीका दिनहरुमा अन्य कोहीबाट गलत कार्यको लागि ट्रक समातियो भने बिना झन्झट छुटकारा पाउन सक्नेमा जानकारहरुले बताएका
छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०