गोकर्णेश्वोर,जया र बोष्टरको आयोजनामा धान रोपाइँ हुदै,तयारि तिब्र

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ असार २०७५, मंगलवार ०५:५५

काठमाडौं । विगतका वर्षहरूमा झैं यसवर्ष पनि असार १५ मा आयोजना गरिन लागिएको राष्ट्रिय धान दिबस (रोपाइँ) कार्यक्रम तिब्र पारिएको छ ।गोकर्णेश्वोर नगरपालिकाको माकलबारीमा रहेको ४ रोपनी क्षेत्रफलको खेतमा  ,रोपाइँ महोत्सव गर्न लागिएको बोष्टर मिडियाको अध्यक्ष मुकुन्द ढुंगानाले  जानकारी दिए ।

उनका अनुसार रोपाईँ महोत्सवको करिब ७५ प्रतिशत तयारी पूरा भएको छ । यस रोपाइँ कार्यक्रमले कृषकहरुलाई थप हौसला बढ्ने  स्थानीयबासीको विश्वास छ ।

यसैबीच रोपार्इँ महोत्सव स्थानीयबासि , संघसंस्थाका प्रतिनिधिहरूसँग छलफल गरेको छ । छलफलमा विभिन्न  समूहसहितका ३५ वटा सामाजिक संससंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूको सहभागिता रहने जया मल्टिपल क्याम्पसका प्रमुख भवानी प्रसाद पौडेलले जानकारी दिनुभयो ।

‘मानो खाएर मुरी उब्जाउन’ महोत्सवका रुपमा राष्ट्रिय धान दिबस  मनाउँदै आएका छन् । रोपाइँको मुख्य आयोजना गोकर्णेश्वोर नगरपालिका ,जया मल्टिपल क्याम्पस र बोष्टर मिडियाको रहने छ भने मन्त्री ,सांसद सहित हजारौ मानिसको सहभागिता रहने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१