झापाका १४ बर्षका रेमन प्रसाईले एन्टीह्याकिङ सफ्टवेयर बनाए, गुगलले किन्यो ३० लाखमा!

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ असार २०७५, सोमबार १५:२६

झापा। रेमन प्रसाई उमेरले जम्मा १४ बर्षका भए । तर उनको काम कुनै ठूलो मान्छे वा पाको मान्छेको भन्दा कम छैन । दमकको सिद्धार्थ बोर्डिड स्कुलमा कक्षा–९ मा अध्ययन गर्ने रेमनले घरैमा कम्प्युटर चलाउँदै अनलाईनमा आएका विभिन्न कुरा सिक्दै गएँ, कति आइडिया त्यहींबाट सिकेर यो सफ्टवेर बनाएको प्रतिक्रिाया दिएका छन् । रेमनले बनाएको एन्टी ह्याकिङ सफ्टवेयर गुगलले ३० लाख रुपैयाँ दिएर किनेको छ ।

सफ्टवेयर बनाएपछि गुगलमा अनलाइनबाट नै पठाएको र गुगलले परीक्षणका लागि विभिन्न प्रकृयाहरू पूरा गरेर अन्तत ३० लाख रुपैयाँ तिर्न राजी भएपछि रेमनले ३० लाखमा बेचेका हुन् । सात महिनासम्म निरन्तर मेहनत गरेर बनाएको सफ्टवेयरको नाम उनले ‘रेमेक्स’ राखेका छन्।

सफ्टवेयरले महत्त्वपूर्ण दस्तावेज तथा सुचनाहरूको गोपनियतालाई रक्षा गर्ने बताए । संसारभर बनिएका ह्याकिङ् ‘ट्रिक्स’भन्दा रेमेक्स सफ्टवेयर बलियो भएकै कारण गुगलले पनि पत्याएको उनले बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१