अब चिनियाँ कम्पनीले बनाउने माथिल्लो मर्स्याङ्दी २

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ असार २०७५, सोमबार १०:२९

माथिल्लो मर्स्याङ्दी २ जलविद्युत् आयोजनाको निर्माण अब चिनियाँ कम्पनीले गर्ने भएको छ ।भारतीय कम्पनी गान्धी मल्लिकार्जुना राव (जीएमआर) इनर्जी लिमिटेडले १ दशकसम्म ‘होल्ड’ राखेको आयोजनाको निर्माण  चिनियाँ कम्पनीले गर्ने भएको हो।

६०० मेगावाटको यो आयोजनामा मनाङको नासों गाउँपालिकाको सिरानतालमा बाँध बाँधेर मर्स्याङ्दी गाउँपालिका ४ ताघ्रिङको स्याँगे नजिकै पावर हाउस निर्माण गरी विद्युत् उत्पादन गरिनेछ । लगानी जुटाउन नसकेपछि आयोजना १ दशकसम्म जीएमआरले थाती राखेको थियो ।उक्त आयोजनाको लाइसेन्स एक महिनाअघि जीएमआर समूहको हिमताल हाइड्रोपावर कम्पनीसँग बुटवल पावर कम्पनी (बीपीसी) ले किनेको छ ।

चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओलीको उपस्थितिमा बुधबार चिनियाँ कम्पनी र नेपाली निजी कम्पनी बीपीसीका अधिकारीबीच आयोजना संयुक्त लगानीमा निर्माण गर्ने लिखित सम्झौता भएको हो ।

चिनियाँ कम्पनी र बीपीसीबीच माथिल्लो मर्स्याङ्दी २ जलविद्युत् आयोजना निर्माणका लागि ‘फ्रेमवर्क’ एग्रिमेन्ट भएको छ । बीपीसीका अध्यक्ष पद्म ज्योति र सिचुवान इन्भेस्टमेन्ट ग्रुप, सिङचेङ इन्टरनेसनल इन्भेस्टमेन्ट कम्पनी लिमिटेड र क्यूवाईईसीबीच सम्झौता भएको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०