प्रधानमन्त्री ओली ओर्लदा काठमाडौँको आकाशमा यस्तो देखियो… (भिडियो)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० असार २०७५, आईतवार १३:०८

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्केका छन् । चीन भ्रमण सकेर काठमाडौँमा प्रधानमन्त्री ओर्लदा देशको एकमात्र अन्तराष्ट्रिय विमानस्थलको उठान तालिका प्रभावित बन्यो । विहान करिव १०:३० बजे प्रधानमन्त्री त्रिभुवन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लेका थिए । त्यही समय आसपासमा उडान र अवतरण गर्ने सेड्युलमा रहेका जहाजहरूको समय तालिका प्रधानमन्त्रीको जहाजका कारण प्रभावित बन्यो ।

आधा घण्टासम्म विमानस्थलमा अन्य उडान र अवतरण ठप्प भए । रूटमा रहेका जहाज आकाशमै होल्डमा बस्नु पर्यो भने कतिपयले टाढासम्म डाइभर्ट गर्नु परेको थियो । काठमाडौंको आकासमा हुने नियमितको हवाइ उडानमा प्रधानमन्त्री चढेको हिमालयन एयरलाइन्सको एउटा जाहाजले हलचल पैदा गरिदियो । यो भिडियो हेर्नुस्ः
https://youtu.be/FISD1Z6sEjI

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१