बिहेको भोजमा मासु खाँदा हाड अड्किएर एकको मृत्यु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० असार २०७५, आईतवार १२:४५

नुवाकोट ।विदुर नगरपालिका वडा नं १३ मा मासु खाँदा हाड अड्किएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६० वर्षिय होमबहादुर कोइराला रहेको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ ।

आफन्तको बिहेको भोजमा मासु चाख्ने क्रममा मासु अड्किएर उनको ज्यान गएको बताइएको छ । घाँटीमा हाड अड्किएपछि कोइरालालाई उपचारका लागि जिल्ला अस्पताल त्रिशूलीमा ल्याउने क्रममा बाटामा नै उनको मृत्यु भएको जिल्ला प्रहरी नुवाकोटका प्रहरी नायब उपरिक्षक नरहरि रेग्मीले बताउनुभयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१