समयमा सम्पत्ति विवरण नदिने कर्मचारीलाई ५ हजार जरिवाना

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० असार २०७५, आईतवार १०:१३

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्धारित समयभित्र सम्पत्ति विवरण नबुझाउने कर्मचारीलाई ५ हजार जरिवाना तोक्दै थप १५ दिन समय दिएको छ ।

सम्पत्ति विवरण बुझाउन बाँकी १ हजार ९ सय ९० कर्मचारीलाई मन्त्रालयले यस्तो निर्देशन दिएको हो ।

१५ दिनभित्र सम्पत्ति विवरण नबुझाए विभागीयरकार्यालय एवं निकायका प्रमुखहरूलाई कारबाही गर्ने र वैदेशिक भ्रमण मनोनयन र अध्ययन बिदासमेत स्वीकृत नगर्ने सचिवस्तरीय निर्णय रहेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०