ऐश्वर्या गर्भवती भएको थाहा पाएपछि निर्देशकले फिल्मबाट निकालिदिए

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० असार २०७५, आईतवार ०५:२९

काठमाडौं । बलिउडलाई अभिनेत्री ऐश्वर्या राय बच्चन गर्भवती भएको र आफ्नो ड्रिम प्रोजेक्टमा ऐश्वर्यालाई सहभागी गराएका निर्देशक मधुर भन्डारकर डिप्रेसनको सिकार भएको विषयले तताएको छ ।

अभिनेत्री ऐश्वर्याका कारण सन् २०११ मा निर्देशक भन्डारकर डिप्रेसनको सिकार भएको भारतीय सञ्चारमाध्यमहरुले दाबी गरेका छन् ।

उनीहरुकाअनुसार ऐश्वर्या र मधुरबीचको विवाद भएको थियो, तर मधुरले त्यसवेला आफ्नो ड्रिम प्रोजेक्टमा ऐश्वर्यालाई साइन गराउन सफल भए ।

उक्त ड्रिम प्रोजेक्टमा साइन गरेकी ऐश्वर्या गर्भवती भएको कुरा जब बाहिर आएको तब, बलिउड मात्रै तातेन, निर्देशक मधुर तनावमा परे ।

साइन गर्ने बखतमा आफू गर्भवती भएको नबताएकी ऐश्वर्या पहिलो रोजाइमा थिइन् निर्देशक मधुरको ।

जब ऐश्वर्या गर्भवती भएको थाहा पाए तब निर्देशक मधुरले डेढ वर्षदेखि रिसर्च गरेको आफ्नो ड्रिम प्रोजेक्ट फिल्मबाट ऐश्वर्यालाई फिल्मबाट निकालिदिए ।

ऐश्वर्याएलाई निकाले पनि निर्देशकलाई भने समस्या आइलाग्यो । फिल्मबाट ऐश्वर्यालाई निकालिदिएपछि निर्देशक मधुर डिप्रेसनको सिकार भएका भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख २६, २०८१