एसईईको नतिजा सार्वजनिक : नियमितमा ४ लाख ५१ हजार ५ सय ३२ तर्फ ३.६ देखि ४ ग्रेड प्वाइन्ट एभरेज (जीपीए) १४ हजार २ सय ३४ जनाले प्राप्त गरे

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० असार २०७५, आईतवार ०५:१६

भक्तपुर।  गत चैत महिनामा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ। परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले शनिबार अवेर नतिजा सार्वजनिक गरेको हो। परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले शनिबार साढे सात बजे पत्रकार सम्मेलन गरेर नतिजा सार्वजनिक गरेका हुन्।

कार्यालयले गत चैत पहिलो साता लिएको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा ग्रेडिङ प्रणालीअनुसार सार्वजनिक गरेको हो । कार्यालयका अनुसार परीक्षामा सहभागी भएका ४ लाख ६३ हजार ६ सय ८९ मध्ये नियमितमा ४ लाख ५१ हजार ५ सय ३२ तर्फ ३.६ देखि ४ ग्रेड प्वाइन्ट एभरेज (जीपीए) १४ हजार २ सय ३४ जनाले प्राप्त गरेका छन् ।

यस्तै, ३.२ देखि ३.६ जीपीए ल्याउने विद्यार्थी ४६ हजार १ सय ३० जना छन् । २.८ देखि ३.२ जीपीएसम्म ल्याउने ४९ हजार ३७ जना, २.४ देखि २.८ जीपीएसम्म ल्याउने विद्यार्थी ७० हजार ५ सय १२ जना, २ देखि २.४ जीपीएसम्म ल्याउने ६१ हजार ८ सय ७० र १.६ देखि २.०० जीपीएसम्म ल्याउने एक लाख १० हजार ४३ विद्यार्थी छन् । १.२५ देखि १.६० सम्म ल्याउने ३५ हजार ५ सय ८५ जना विद्यार्थी रहेका छन् । ०.८५ देखि १.२० ल्याउने ५८ हजार ६ सय ८८ रहेका छन् ।

एसर्इर्इको नतिजा शिक्षा मन्त्रालयको वेबसाइट moe.gov.np, शिक्षा विभाग सानोठिमी भक्तपुरको doe.gov.np र परीक्षा नियन्‍त्रक कार्यालय सानोठिमी भक्तपुरको neb.gov.np मा हेर्न सकिन्छ। नेपाल टेलिकमको वेबसाइट see.ntc.net.np मा पनि नतिजा हेर्न सकिन्छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख ११, २०८१