अपेक्षा !

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ असार २०७५, शनिबार ११:०७

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको निर्वाचन केही हप्तामै सम्पन्न हुँदैछ । अनेसास केन्द्रीय समितिमा एक पटक केन्द्रीय सदस्य र तीन पटक वरिष्ठ उपाध्यक्ष पदमा रहेर योगदान गरिरहेको छु । वि. स. २०५६ सालमा पनि “अन्तर्दृष्टि” पत्रिकाको सम्पादन गरेर योगदान गरिसकेको छु । साथै २०१० पछि पनि यो कार्यलाई निरन्तरता दिइआएको छु । एन आर एन ए र अनेसासकही संयुक्त कार्यक्रम “साहित्य उत्सव” को आयोजनामा २००९ मा सदस्य सचिव र २०११ मा सयोजक भएर योगदान गरिसकेको छु । अनेसासले विभिन्न देशहरु जापान, अस्ट्रेलिया, अमेरिका, कोरिया, भारतलगायतका देशहरुमा आयोजना गरेको सम्मेलनहरुमा सहभागी रहिआएको छु । २०१० देखि निरन्तर अनेसास नेपाल च्याप्टरको नेतृत्व गर्दै राष्ट्रिय र अन्तर्राष्ट्रिय विभिन्न कार्यक्रमहरुको आयोजना, तीन दर्जन बढी पुस्तकहरुको प्रकाशन, नियमित मासिक कार्यक्रमहरु “स्रष्टा भेटघाट”, “महफिल”, “स्रष्टाका सार्वभौम स्वरहरु”, “काव्य उत्सव” जस्ता कार्यक्रमहरुको आयोजना, विभिन्न देशहरुबाट नेपाल आउनु भएका स्रष्टाहरुको सम्मान, अभिनन्दन, स्वागतलागायतका कार्यहरू गर्दै आएको छु । अनेसास नेपाल च्याप्टरको दर्ता, विभिन्न समितिहरुको गठन, “राष्ट्रकवि माधव घिमिरे गीत पुरस्कार” स्थापना, नेपाल च्याप्टरको वेवसाइटको निर्माण, २५० भन्दा बढी सदस्यहरुको विस्तारलगायतका कार्यहरुमा योगदान गर्दै आएको छु । सिक्किम, सिलगढी, मिजोरम, पश्चिम भारत (देहरादुन), असम, ओमन, कोरिया, हङकङलगायतका च्याप्टरहरुको स्थापना र पुनर्गठनमा योगदान गर्दै आएको छु । अनेसासले नेपालमा संचालन गर्दै आएको “डायसपोरा डेक्स” को स्थापना र सञ्चालन गर्दै आएको छु । अत: यो पटकको निर्वाचनमा अध्यक्ष पदमा मेरो उमेदवारी रहने छ । यहाँको साथ, सहयोग र मतको अपेक्षा गरेको छु । अनेसासको सस्थागत सरचना निकै ठूलो भइसकेको छ । सक्रिय र निस्कृय गरेर ५० देशहरूमा लगभग १०० शाखाहरु रहेका छन । अन्तर्राष्ट्रिय सम्मेलनहरु, पुरस्कार र सम्मानहरु, प्रकासनहरुलगायत अन्य सयुक्त कार्यक्रमहरु पनि अनेक रहेका छन । यतिका कार्यक्रमहरु, करिव ६० जना ट्रस्टी सदस्यहरु, १७०० भन्दा बढी आजीवन सदस्यहरु रहेको अनेसासको विधिवत सन्चालन गर्न आफू योग्य रहेको धारणा राख्दै अध्यक्ष पदमा मेरो उमेदवारी हो । अन्तमा, यो निर्वाचनमा यहाँको पूर्ण साथ, सहयोग र समर्थनको अपेक्षा गरेको छु । राधेश्याम लेकाली मो. 977 9851059354 इमेल: rlekali15@yahoo.com

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, चैत्र १५, २०८०