चिनियाँ रेल काठमाडौं ल्याउन, लगानीमा अस्पष्टः कसले गर्ने लगानी ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ असार २०७५, शुक्रबार १६:२५

काठमाडौं । सार्वजनिक चर्चामा मात्र सीमित रहँदै आएको चिनियाँ रेललाई नेपालसम्म पुर्याउने परिकल्पनाले अब कार्यरुप पाउने भएको छ । चिनियाँ राष्ट्रपति सीले सीमा वारपार रेल सञ्चालको नेपाली चाहनालाई पहिलोपटक ठोस रुपमा अनुमोदन गरिदिएका हुन्  । तर कसको लगानीमा रेलमार्ग निर्माण गर्ने भन्ने विषय अझै अन्योल छ ।

श्रोतको अनुसार विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनेपछि मात्रै लगानीको मोडालिटी टुंगो लाग्नेछ । केरुङबाट काठमाडौं रेल पुर्याउन चिनियाँ प्रविधिअनुसार करिब ३ खर्ब ३५ अर्ब लाग्ने प्रारम्भिक अनुमान छ ।

तर त्यो रकम कसले खर्च गर्ने अहिलेसम्म स्पष्ट भएको छैन । नेपालले खर्च गर्ने हो भने सम्पूर्ण विकास खर्चले पनि थेग्न सक्दैन । किनकि अर्थमन्त्री डा। युवराज खतिवडाले छुट्याएको कुल विकास खर्च ३ खर्ब १२ अर्ब छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०