सल्याक्रिया पछी ८ बर्षिय बालकको पेटबाट ७सय ५० ग्राम जुका निकालियो !

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ असार २०७५, शुक्रबार १२:४४

ओखलढुंगा।ओखलढुंगा मा एक आठ बर्षिय बालकको पेटबाट ७ सय ग्रामबढी जुका निकालिएको छ । चिसंखुगढी गाउँपालिका ६ भदौरेका झनमाया राना मगरका ८ बर्षिय छोरा मदन मगरको पेटबाट शल्यक्रिया मार्फत उक्त मात्रामा जुका निकालिएको हो । मगर भदौरे स्थित एक बिद्यालयमा कक्षा दुईमा अध्यनरत छात्र हुन् ।

लामो समयदेखी बिरामी परेका मगरलाई जुकाकै कारण स्वास बढ्ने,हिड्न नसक्ने,खाना खान मन नगर्ने र बान्ता गर्ने लगायतका लक्षण देखाएका थिए । यस्ता लक्षण देखाएपछि गाउँघरमै धामीझार्की लगाउदै आएका परिवारले रोग निको नभएपछि अस्पताल ल्याईएको आमा झनमाया राना मगरले बताइन। ‘मेरो छोरो वाकवाक गरेर मर्न लागीहाल्यो अनि धामी ल्याइयो’ उनले भने । ‘धामीले पनि यो आफुले निको पार्न नसक्ने अस्पताल लैजान भन्यो अनि ल्याईयो ’।

बालकलाई समयमै अस्पताल नपुर्याएको भए उनको मृत्यु समेत हुन सक्ने डक्टरको भनाई छ । अस्पतालमा आईपुग्दा बालकको पेट फुलेको पाईएकाले पेटभित्र संक्रमण भएको आशंका गरिएको भएपनि वास्तविकता थाहा पाउदाँ आफुहरु समेत चकित भएको डाक्टर रबिन्द्र मेहताले बताए । ‘हामीले बच्चाको एक्स्रे गरेर हेर्यौ एक्स्रेमा आन्द्रा अवरुद्ध भएको देखीयो तर जुकै हो भन्ने चहीँ अनुमान समेत गरेका थिएनौँ’ । पहिले बालकलाई औषधी चलाएको भएपनि निको नभएपछि आन्द्रा काटेर जुका निकालेको उनको भनाई छ । ‘औषधीले काम नगरेपछि अप्रेसन गरियो अप्रेसन गर्दा चाउचाउ जस्तो गुजुल्टिएको साडे सात सय ग्राम जुका निकालियो’।

अहिले बालको अवस्या सामान्य रहेको छ । जुका माटोबाट आउने भएकाले मुलको पानी तथा फोरमैलाबाट लाग्ने गर्दछ । पानी पिउदाँ सरसफाईमा बिशेष ध्यान पुर्याउनु पर्ने र जुकाको औषधी पाँच बर्ष सम्म ६—६ महिनामा खानु डक्टरको सुझाव छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१