काठमाडौं रेल ल्याउन बाटो खुल्यो,चीनसँग सम्झौता-समझदारी के-के ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ असार २०७५, शुक्रबार १२:१३

नेपाल र चीनबीच विद्युतिय कार्गो रेललाई केरुङबाट काठमाडौंसम्म जोड्ने लगायतका १४ वटा सम्झौता, समभदारीपत्र एमओयु र लेटर अफ एक्सचेन्जमा हस्ताक्षर भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा बेईजिङमा विहीबार नेपाल चीन द्धिपक्षीय बैठकपछि दुवै देशका प्रधानमन्त्रीको उपस्थितिमा ती समझौता समझदारीपत्र तथा लेटर अफ एक्सचेन्जमा हस्ताक्षर भएको हो ।

रेलवे परियोजनामा सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएसँगै चिनियाँ रेललाई काठमाडौंसम्म ल्याउने बाटो खुला भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको यस पटकको चीन भ्रमण विशेष उपलब्धिमूलक भएको चीनले जनाएको छ।

-रेलवे परियोजना सहयोग
-उर्जा क्षेत्रमा सहयोग
-उत्पादन क्षमता बढाउन लगानी
-विदेश मन्त्रालयबीच सहयोग
-विदेश मन्त्रालयबीच संयन्त्र गठन
-आर्थिक र प्राविधिक सहयोग
-मितेरी पुल पुननिर्माण
-नेपाललाइृ मालसामान ओसारपसार गर्न तिब्बतको राजमार्ग प्रयोगसम्बन्धी
-मानव संसाधन विकास सहयोग नुवाकोट दरबार पुननिर्माण
-रसुवा दोलखा र सिन्धुलीपाल्चोकका सार्वजनिक विद्यालय सुदृढीकरण परियोजा ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१