कानको सुन लुट्न बच्चा अपहरण,अपहरणको नयाँ शैली !

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ असार २०७५, शुक्रबार ११:४२

काभ्रे ।  कानमा लगाएको बच्चाको सुन लुट्न बच्चालाई ललाई फकाई अपहरण गरिएको छ । बच्चाहरुलाई फकाउने र आफुसँग नजिक बनाएपछि एकान्त पुर्याएर कानमा लगाएको सुन लुटेर अलपत्र पारी फरार हुने ब्यत्तिलाई प्रहरीले पक्राउ गरेको छ । सधै घरमा आउने, होटलमा चिया खाने बाहनामा बच्चासँग नजिक हुने र बच्चालाई अपहरण गर्नै नयाँ शैली सार्वजनिक भएको छ । साविक देविटार गाविस हाल धुलिखेल नगरपालिका १ घर भएका २८ बर्षिय मनोज भुजेलले बनेपा आसपासका क्षेत्रबाट बच्चाहरुसँग नजिक भएर अपहरण गरी उनिहरुले लगाएको कानको मुद्रा लुटेर छाडिदिने गरेको प्रहरीले बताएको छ ।

इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरिक्षक सुनिल जंग शाहका अनुसार भुजेलले गत जेठ २१ गते सिन्धुली नेत्रकाली गाविस ३ घर भई बनेपा ६ मा होटल ब्यवसाय गर्दै आएका सुर्दशन मोक्तानको २३ महिनाकी छोरीलाई विस्कुट दिएर माया गर्ने नाममा अपहरण गरी गोसाईस्थान जंगलमा पुर्याई उनले कानमा लगाएको मुन्द्रा फुकालेर बालिकालाई जंगलमै बेवारिसे अवस्थामा छाडेर फरार भएका थिए ।

सधै होटलमा चिया खान आउने र बच्चासँग नजिक भएर माया गर्ने गरेका भुजेलले सोहि दिन दिउसो पनि त्यसै गरेका थिए । बालिका काखमा लिएर उनलाई फकाउने, विस्कुट दिने तथा गुलियो चकलेट दिएर फकाई फकाई आफुसँगै लैजाने योजनामा भुजेल सफल भएका थिए । जंगलमा बच्चा छाडेको देखेपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए । सुर्दशन मोक्तानको परिवारले पनि बच्चा हराए लगत्तै प्रहरीमा जानकारी गराएका थिए ।

छोरीको मञ्जुरीविना लगेको र बालबालिकाहरुलाई फकाउँदै जंगलमा लगेर बेवारिसे अवस्थामा पु¥याएको फेला पारेपछि मोक्तान परिवारले प्रहरीमा अपहरणको उजुरी गरेको थियो । बालिकाको कानमा २४ लालको सुनको मुन्द्रा थियो । त्यहि मुन्द्राका लागि उनले बालिकाको अपहरण गरेका थिए ।

केहि समय अघि उनै भुजेलले सिन्धुली जिल्ला नेत्रकाली गाविस ८ घर भई बनेपा बस्दै आएका ज्ञानध्वज वाईवाका ९ वर्षिय छोरा प्रकाश वाईवाको कानमा लगाएको मुन्द्रा त्यहि शैलीमा चोरेका थिए ।

परिवारले दिएको उजुरीका आधारमा प्रहरीले भुजेललाई पक्राउ गरी आवश्यक कारवाही गरिरहेको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरिक्षक सुनिलजंग शाहले भने ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१