नेपालगन्ज भन्सारको अधिकार दुरुपयोगको प्रमाण भेटियो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ असार २०७५, शुक्रबार ०५:०७

उदयसिंह श्रेष्ठ / नेपालगन्ज । कामाण्डौं नागढुंगामा पक्राउ परेको ट्रक नं. ना७ख ५८५९ नेपालगन्ज भन्सार नाकाबाट नगएको अडान लिएकोमा सोही नाकाबाट उक्त ट्रक गएको प्रमाण भटिएको छ । नागढुंगामा उक्त ट्रक पक्राउ परेपछि चालकको बयानबाट नेपालगन्ज भन्सार नाकाबाट पास भएको जानकारी पश्चात विभागको टोली नेपालगन्ज भन्सार कार्यालयमा आई बुझ्दा उक्त ट्रक कैलालीबाट पास भएको जानकारी लिई काठमाण्डौं फर्किएको थियो । उक्त ट्रक गत बुधबार कामाण्डौंको नागढुंगामा पक्राउ परेको थियो भने नेपालगन्ज भन्सार नाकाबाट ट्रक नं. ना७ख ५८५८ जेठ २४ गते दुध पाउडर लोड गरिएको प्रज्ञापन पत्र नं. १५३१५ क्रम संख्या २३ अनुसार गएको प्रमाण भेटिएको छ । उक्त प्रज्ञापन पत्र १५३१५ क्रम संख्या २४ अनुसार केमिकल लोड गरिएको ना७ख १७ नम्बरको ट्रकको बिषयमा अहिलेसम्म कुनै पनि सरकारी निकायलाई अत्तोपत्तो नै नभएको जानकारी प्राप्त भएको छ । आफ्नो गल्ती लुकाउन नक्कली प्रज्ञापन पत्रका साथ कैलालीबाट उक्त ट्रक गएको भनी अडानमा बसेको नेपालगन्ज भन्सारमा कसरी उक्त ट्रकको इन्ट्री भयाे ? रहस्यमय बन्दै गएको छ । यसै गरी नेपालमा उत्पादन गरिएको चामलको भन्सार दस्तुर कसरी लिइयो ? रहस्यमा रहस्य बन्दै गएको छ । हालै पक्राउ परेको ४ वटा चामलको ट्रक र दुध पाउडरको ट्रकको बिषयमा भन्सार विभागले नेपालगन्ज भन्सार कार्यालयका प्रमुख जनार्धन प्रसादआचार्यलाई बयान लिन काठमाण्डौ बोलाएको र चित्त बुझ्दो स्पष्टिकरण नभएको कारण विभागीय कारवाही अनुसार सरुवाको तयारी भई रहेको श्रोतले बतायो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख ६, २०८१