अध्यक्ष ढकाल र उप-प्रधानमन्त्री उपेन्द्र यादव बिच भेट

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ असार २०७५, शुक्रबार ०५:०४

काठमाडौं । नेपाल परिवार दलका अध्यक्ष तथा पूर्व मन्त्रि एकनाथ ढकालले संघिय समाजवादी फोरम नेपालका अध्यक्ष तथा नेपाल सरकारका उप-प्रधानमन्त्री उपेन्द्र यादव संग भेट गर्नु भयको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रि समेत रहेका यादव संग ढकालले मन्त्रालयमा पुगेर भेट गर्नु भएको  हो । भेटमा अध्यक्ष ढकालले उप-प्रधानमन्त्री यादव लाई बधाई दिदै सार्बजनिक अस्पतालहरुको क्षमता तथा सेवा अभिबृद्धि गर्न, ७० बर्ष माथिका आम नागरिकको निशुल्ल्क उपचारको ब्यबस्था मिलाउन, स्वास्थ्य सेवाको दायर फराकिलो बनाउन र सरकारले उपलब्ध गराउने सेवा थप प्रभावकारी तथा छिटो छरितो बनाउन लगायतका सुझाब उप-प्रधानमन्त्री यादवलाई दिनु भयको परिवार दलका प्रबक्ता सन्तोष पौडेलले जानकारी दिनु भयो । भेटमा समसामयिक राजनैतिक परिस्थिति तथा दुइ पार्टीको समान मुद्धाहरुमा हुन सक्ने सहकार्यको बारेमा पनि छलफल भएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१