जग्गाको विवादमा खुकुरी प्रहार गरी दाजुले गरे भाइको हत्या!

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ असार २०७५, बिहीबार १५:००

रुकुम ।रुकुमको आठबिसकोट नगरपालिका–१२  मा आफ्नै दाइले भाइको हत्या गरेका छन् । आन्दाजी ४४ वर्षीय रुद्रबहादुर पुनले आफ्नै सहोदर भाइ आन्दाजी ४० वर्षीय जोखबहादुर पुनको बिहिबार बिहान करीब ४ बजे हत्या गरेको प्रहरीले जानकारी दिएको छ ।

जोखबहादुरको शव परीक्षणका लागि जिल्ला अस्पताल सल्ले, रुकुम ल्याइँएको छ । यो घटना मामाको घर डाँचीकोट गाउँपालिका–६ मग्मामा भएको होजोखबहादुरको शव परीक्षणका लागि जिल्ला अस्पताल सल्ले, रुकुम ल्याइँदैछ । यो घटना मामाको घर डाँचीकोट गाउँपालिका–६ मग्मामा भएको हो  ।

जग्गासम्बन्धी सामान्य विवादका कारण रुद्रले खुकुरी प्रहार गरी जोखबहादुरको हत्या गरेको जिल्ला प्रहरी कार्यालय, रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए ।

हत्या गर्ने रुद्रबहादुर पुनले जिल्ला प्रहरी कार्यालयमा आएर आत्मसमर्पण गरेको प्रहरी नायब उपरीक्षक खड्काले बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख ११, २०८१