नक्कली पासपोर्ट सहित ६ जना पाकिस्तानी ठमेलबाट पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ असार २०७५, बिहीबार १३:४८

बेलायतको नक्कली पासपोर्ट प्रयोग गरी नेपालबाट बेलायत जान खोज्ने ६ पाकिस्तानी ठमेलबाट पक्राउ गरेका छन् ।

नेपालको बाटो हुँदै नक्कली पासपोर्ट प्रयोग गरेर बेलायत जान लागेको अवस्थामा पासपोर्ट जाँच गर्दा अलर्ट आएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

पक्राउ पर्नेमा दिन मिजार फारिद, इल्ही जाका, सोहेल मोहम्मद, इराम शाहजादा, इलाही जाहा र धौरी नुजात नाज छन् ।

जसमध्ये प्रहरीले सुरुमा दिन मिजार फारिद र  इलही जाकालाई पक्राउ गरेपछि ठमलेको एक होटलबाट अन्य चारलाई पक्राउ गरेको हो ।

पक्राउपछि उनीहरुलाई अध्यागमन विभागले हिसातमा लिई अनुसन्धान भईरहेको  छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१