विद्यार्थी बिरामी हुन थालेपछि पढाइ प्रभावित !

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ असार २०७५, बिहीबार १२:५०

जाजरकोट। छेडागाड नगरपालिका–१२ स्थित नारायणी माविमा एक हप्तादेखि विद्यार्थी बिरामी पर्न थालेपछि पठनपाठन अवरुद्ध हुँदै आएको छ । बिहान ११ बजेदेखि ३ बजेसम्म विद्यालयमा कक्षा ७ देखि कक्षा १० सम्मका छात्रा ‘भूत आयो’ भन्दै कराउँदै बेहोस हुने गरेको सहायक प्रधानाध्यापक उत्तम हमालले जानकारी दिनुभयो । छात्राले यस्तो अनौठो व्यवहार देखाउन थालेपछि दैनिक शैक्षिक गतिविधि रोकिएको हमालले बताउनुभयो ।

विद्यालयमा धामी, झाँक्री ल्याएर पूजाआजा गरेपनि सञ्चो नभएको १२ नम्बर वडाध्यक्ष प्रेमबहादुर खत्रीले जानकारी दिनुभयो । विद्यालय दैनिक खोल्ने र बन्द गर्ने काम हुँदै आएको अध्यक्षको भनाइ छ ।

छात्रा बिरामी हुने क्रम नरोकिएपछि अभिभावकसमेत चिन्तामा परेका छन् । पेट दुख्यो भन्दै एक्कासि कक्षा कोठामै छात्रा ढल्दा उनीहरुको हेरचाहमै दिन बित्ने गरेको अध्यक्ष खत्रीको भनाइ छ । दैनिक पाँचदेखि १२ जनासम्म बिरामी हुने गरेको उहाँको भनाइ छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०