सिंगापुर जाँदा प्रचण्डको नाम किन ‘रअ’सँग जोडियो ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ असार २०७५, बिहीबार १२:००

काठमाडौं । नेपाल कम्यनिस्ट पार्टीका दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सिंगापुर गएको विषयलाई लिएर नेपाली राजनीतिमा अर्कै बहस हुन थालेको छ ।बेलाबेला उपचारको बहाना बनाएर सिंगापुर, बैंकक जाने गरेका प्रचण्डको यस पटकको भ्रमणलाई पनि शंकाको दृष्टिले हेरिएको छ ।

तर, उनी अहिले श्रीमती सीता दाहालको उपचारका लागि सिंगापुर गएका हुन् । तत्कालीन नेकपा एमालेको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सांसदहरूले प्रचण्ड ‘रअ’का उच्च अधिकारीलाई भेट्न सिंगापुर गएको भनेर आरोप लगाएका छन् ।

प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी ओली चीन भ्रमणमा प्रस्थान गर्नु दुई दिन अगाडि अचानक प्रचण्डले सिंगापुर जाने योजना किन बनाएर भनेर बालुवाटारमा चर्चा समेत भएको थियो ।कार्यदलहरूको ढिलासुीतीले पार्टी एकीकरण भएपछि पनि एमाले र माओवादीका नेता, कार्यकर्ताहरू एक हुन नसकेको गुनासो छ ।

एमाले र माओवादी केन्द्रका सांसदहरू सिंहदरबारमा नजिकै रहेका एकआपसका संसदीय दलको कार्यालयमा जाँदैनन् । उनीहरू आ–आफ्ना दलको कार्यालयमा बसेर विभिन्न थरी कुरा गर्ने गर्छन् ।प्रधानमन्त्री ओलीले आफ्नो ‘किचन क्याबिनेट’ नेताहरूसँग प्रचण्डको सिंगापुर भ्रमणलाई शंकाको घेरामा राखेका छन् । बालुवाटार स्रोतले भन्यो,‘प्रचण्डजी पत्नीको उपचारका गर्न भनेर सिंगापुर जानु भएको छ । पहिला–पहिला पत्नीको तस्बिर सार्वजनिक गरिदैन थियो । यस पटक सीता दाहाल एयरपोर्टको सोफामा सुतेर सल ओढेको तस्बिर सार्वजनिक गरिएको छ ।’

यसरी तस्बिर सार्वजनिक भएको विषयलाई नेकपाका नेताहरूले पनि अचम्मका साथ लिएका छन् । नेपालमै उपचार हुन सक्छ । तर, आफूलाई भिभिआइपी र भिआइपी भन्न रुचाउने नेताहरू सरकारी खर्चमा विदेशमा उपचार गराउने जाने गरेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१