जापानले शानदार खेल खेल्दै कोलम्बियालाई २- १ गोल अन्तरले हरायो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ असार २०७५, बुधबार ०५:२८

पहिलो हाफमा बेन्चमा बसेका कोलम्बियाका स्ट्राइकर जेम्स मैदानमा उत्रिए लगत्तै जापानले कोलम्बियालाई पाखा लगाउँदै जित आफ्नो पक्षमा पारेको छ । जापानका लागी दोस्रो हाफको ७३ औं मिनेटमा जापानका युवा खेलाडी ओसाकोले कर्नरबाट आएबो बलालाई हेड मार्फत गोलमा परिणत गरिदिएका थिए । सोही गोल नै जीतका लागी निर्णायक बन्यो ।

त्यसअघि जापानले खेलको छैठौं मिनेटमा पेनाल्टिमार्फत एक गोलको सुरुवाती अग्रता लिएको थियो । खेलको तेस्रो मिनेटमा कोलम्बियाका खेलाडी कार्लोस सान्चेजले ह्यान्ड गरेपछि उनलाई रातोकार्ड दिइएको थियोभने जापानलाई पेनाल्टिको मौका दिइएको थियो । ३९ औं मिनेटमा कोलम्बियाका जुवान क्युनटेरोले फ्रिकिक मार्फत आकर्षक गोल गरेको थियो । तर दोस्रो हाफमा कोलम्बिया चम्किन नसकेपछि उसले आजको खेलमा पराजय बेहोर्न बाध्य भएको छ । दश खेलाडीमा सिमित बनेको उसलाई जापानलाई चुनौती दिन असहज मात्रै भन नतिजा उसको पक्षमा निराशाजनक आयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २७, २०८१