विष्णुमाया पौडेल मोडलीङ क्षेत्रमा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ असार २०७५, बुधबार ०५:१७

लोक दोहोरी गायिका एवंम मिसेस ब्युटी क्वीन २०१८ नेपालको सेकेन्ड रनरअप विष्णुमाया पौडेल लोक दोहोरी गीत मिल्ने साथी मा मोडलीङ क्षेत्रमा देखा परेकी छिन् । राजेन्द्र सुवेदीको शब्द संकलन रहेको यो गीतमा नवनायीका विष्णुमाया पौडेल र नवनायक विशाल शर्मा (लक्की) को अभिनय रहेको छ भने स्वर गायक लभ कुमार भट्ट र गायिका स्मीती शाही को रहेको छ । सुर संगित डिजिटल स्टुडियो मा रेकर्ड यो गीतको छायांकन हरि महरा र सम्पादन मनोज कार्कीले गरेका हुन् । यसमा ध्वनी मिश्रण सन्तोश पौडेल र संगीत संयोजन महेश विक्रम पाण्डेको रहेको छ । यो गीतलाई गोरखा चौतारी म्युजिक प्रा.लि ले तयार पारेको छ भने हाईलाइट्स नेपाल द्धारा युटुयबमा उपलब्ध छ । यो गीतले मिल्ने साथीको सम्बन्धलाई हाम्रो समाजले हेर्ने दृष्टिकोणलाई उत्कृष्ट रुपमा प्रस्तुत गरेको छ । निर्देशक लबकुमार भट्टले यो गीत मार्फत सामाजको यर्थाथ विषय वस्तुलाई चित्रण गरेका छन् । एउटा केटा र केटी सँगै हिँडदैमा, बोल्दैमा गलत सोच राख्ने हाम्रो समाजलाई परिवर्तन गर्नुपर्छ भन्ने सन्देश दिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१