कांग्रेस जिल्ला सभापति भेला आज बाट हेटौंडामा सुरु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ असार २०७५, मंगलवार ११:५७

काठमाडौं । नेपाली कांग्रेस जिल्ला सभापति भेला आज बाट हेटौंडामा सुरु हुँदैछ । तीन दिन चल्ने भेलाले पार्टीको विधान संशोधनका विषयमा आधार तयार गर्ने र पार्टीको तल्लो तहको वर्तमान अवस्था बुझेर आगामी रणनीति तय गर्ने बताइएको छ । तर भेलामा गुटगत रुपमा प्रस्तुत हुने विषयमा तयारी भइरहेको छ । भेला अगाडी सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल पक्षका सभापतिको गुटगत भेला भएका थिए । त्यसकै जगमा नेताहरुले कुरा राख्नेछन् ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको विधान संशोधन र संघीय संरचनामा पार्टीलाई कसरी अघि बढाउने भन्ने विषयमा भेलामा छलफल हुने बताए । उनका अनुसार जिल्लासभापतिले जिल्लाको जानकारी गराएपछि नेताहरुले सम्वोधन गर्नेछन् ।

भेलामा विधान संशोधन, संगठन सुदृढीकरण र समसामयिक राजनीतिक अवस्थाबारेमा छलफल गर्ने गरी यसअघि बसेको केन्द्रीय समितिले निर्णय गरिसकेको छ ।

भेलामा निर्वाचनमा बेहोर्नुपरेको पराजयमा पार्टी नेतृत्व तहबाट भएका कमी–कमजोरी, आगामी दिनमा अंगीकार गर्नुपर्ने रणनीतिलगायतका विषयमा छलफल हुनेछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०