प्रधानमन्त्री ओली दोस्रो विदेश भ्रमणका लागी चीन प्रस्थान

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ असार २०७५, मंगलवार १०:०३

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणका लागि मंगलबार त्यस तर्फ प्रस्थान गरेका हुने । ६ दिने भ्रमणका लागि मंगलबार बिहान प्रधानमन्त्री ओली चीन प्रस्थान गरेका हुन् । चीन भ्रमणको क्रममा उनले चिनियाँ राष्ट्रपति सी जिनपिङ, समकक्षी लि खछ्याङसहित उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्नेछन् ।

भेटको क्रममा प्रधानमन्त्री ओली यसअघि चीनसँग भएको सम्झौता कार्यान्वयनमा जोड दिइने बताइएको छ । यसका साथै ऊर्जा, जलस्रोत र पुनर्निर्माणका विषयहरुमा दुई देशबीच सम्झौता पनि हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । यसअघि सोमबार प्रतिनिधिसभालाई आफ्नो चीन भ्रमणकाबारेमा जानकारी दिँदै प्रधानमन्त्री ओलीले आफ्नो चीन भ्रमण पुराना सम्झौता र सहमति कार्यान्वयनमा जोड दिइने र नेपालको हित र सार्वभौमिकतालाई ध्यानमा राखिने बताएका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१