वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको निधन, नेपाली चिकित्सा क्षेत्रमा अपुरणीय क्षती

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ असार २०७५, मंगलवार ०५:३८

काठमाडौं । वरिष्ठ न्यूरो सर्जन डा.उपेन्द्र देवकोटाको सोमबार निधन भएको छ । केही महिनादेखि पित्त नलीको क्यान्सरबाट पीडित डा. देवकोटाको सोमबार साँझ ५:३५ बजे वासवारी स्थित न्यूरो अस्पतालमा निधन भएको हो  ।

अस्पताल स्रोतका अनुसार पछिल्लो समय रोगले च्याप्दै लगेपछि देवकोटाको अधिकांश अंगले काम गर्न छोडिसकेको र सोमबार साँझ अन्तिम श्वास लिउको बताइएको छ ।

२५ वर्ष वीर अस्पतालमा सेवा गरेका देवकोटाले नेपालमा न्यूरो सर्जरी सेवालाई विस्तार र विकास गर्न महत्वपूर्ण योगदान गरेका डा. उपेन्द्र देवकोटाको निधनले नेपाली चिकित्सा क्षेत्रमा अपुरणीय क्षती पुग्ने निश्चित छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१