टोखामा ‘सतुवा’, ६ लाख नगद तथा सुन लुटपाट गर्ने ५ जना प्रहरी फन्दामा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ असार २०७५, मंगलवार ०५:०३

काठमाडौं  । काठमाडौंको टोखामा जंगली जडिबुटी ‘सतुवा’, ६ लाख नगद तथा सुन लुटपाटमा संलग्नहलाई प्रहरीले पक्राउ गरेको छ ।  शनिवार टोखा नगरपालिका–७ बाट म्याग्दीका दिपक आचार्यले म्याग्दीबाट काठमाडौं ल्याएको सतुवासहित सुनका गहना र नगद लुटेर फरार भएकाहरुलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

पक्राउ पर्नेहरुमा ‘सतुवा’ लुटपाटमा संलग्न काठमाडौंका शिवबहादुर वस्ताकोटी, लमजुङका माधवप्रसाद न्यौपाने, स्याङ्जाका कृष्णराज पुरी, चन्द्रकान्त पुरी र रुकुमका गोविन्द मल्ल रहेका छन् । शनिवार सतुवा बोकेर काठमाडौं आएका म्याग्दीको रघुगंगा गाउँपालिका–६ का दिपक आचार्यलाई उक्त आपराधिक समुहले डर–धम्की देखाएर डाका गर्दै सतुवा, उनको साथमा भएको नगद ६ लाख, सुनको औंठी र तिन तोलाको सुनको सिक्री लुटेर फरार भएको काठमाडौं प्रहरीले जनाएको छ ।

प्रहरीले पक्राउ परेकाहरुको साथबाट सतुवा बरामद गरेको छ । जंगली जडीबुटी सतुवाको बजार मुल्य प्रतिकेजी १७ हजार रहेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१