म्याराडोनाले दिए मेस्सीको आलोचकलाई यस्तो जवाफ!

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ असार २०७५, सोमबार १५:४२

काठमाडौं । डिएगो म्याराडोनाले विश्वकपमा आइसल्याण्डसँगको बराबरी हुनुमा स्टार प्लेयर लियानल मेस्सी जिम्मेवार नरहेको बताएका छन् , । अर्जेन्टिनाका लेजेण्ड फुटबलर म्यारेडानाले मेस्सीका कारण अर्जेन्टिनाले नजितेको होइन भन्दै मेस्सीले अर्जेन्टिनालाई आफ्नो तर्फबाट सबै दिएको पनि बताए । आइसल्याण्डका सबै खेलाडी १।९० मिटर अग्ला छन् भन्ने थाहा हुँदाहुँदै पनि त्यस अनुसार तयारी नगर्नु कमजारी बन्यो’ सन् १९८६ मा विश्वकप जितेका म्याराडोनाले भेनेजुएलाको टेलिभिजनसँग भनेका छन् –आइसल्याण्सँगका ेबराबरी अर्जेन्टिनी टिमका लागि लाज र अपमानको कुरा रहेको बताएका छन् ।

म्याराडोनाका अनुसार मेस्सीले त्यो खेलमा आफ्नो पुराना प्रतिस्पर्धी क्रिष्टियानो रोनाल्डो अघिल्लो दिन ह्याट्रिक गरेर कायम गरेको प्रभावजस्तै आफ्नो पनि प्रभाव कायम गर्न चाहन्थे । तर मेस्सीले ६३ औँ मिनेटमा पाएको पेनाल्टीमा गोल गर्न सकेनन् । मेस्सीले निकै संगठित देखिएको आइसल्याण्डको रक्षापंक्तिलाई तोड्न सकेनन् ।म्याराडोनाले भने, ‘म खेलाडीलाई दोष लगाउँदिन । हो कामको स्तरमा केही कमजोरी भयो । तर खेलाडीलाई दोष दिने ठाउँ छैन ।

उनले प्रशिक्षक जर्ज साम्पाओलीलाई अब आउने खेलहरुमा अर्जेन्टिनालाई आइसल्याण्डसँग खेलेको जस्तो अवस्थामा नल्याउन पनि चेतावनी दिएका छन् । समूह डी अन्तर्गत शनिबार राति भएको खेलमा स्टार स्ट्राइकर लियोनल मेस्सीले पेनाल्टीमा चुकेको खेलमा अर्जेन्टिना नयाँ टोली आइसल्याण्डसँग १–१ को बराबरीमा रोकिएको थियो । अर्जेन्टिनाले अवसर पाएर पनि गोल गर्न नसकेको यो खेल राष्ट्रिय टिमबाट विश्वकप जितेका तथा टिमका पूर्व प्रशिक्षक म्याराडोनाले स्पार्टक रंगशालमै गएर हेरेका थिए ।

म्याराडोनाले भने, ‘मैले उनीहरुको मनमा आक्रोशको भावना रहेको महसुस गरेँ ।’ अर्जेन्टिनाले खेलमा सर्जियो अग्युरोको गोलबाट अग्रता लिएको थियो । तर केही मिनेटपछि अल्फ्रेड फिन्बोगासनले आइसल्याण्डका लागि बराबरी गोल फर्काए । ‘यो निकै लाज र अपमानको कुरा हो । उनले भने, ‘मैले पाँचपटक पेनाल्टीमा गोल गर्न सकेको थिइनँ स्पेनमा हुँदा तर पनि म अहिलेसम्म नै डिएगो म्याराडोना नै छु । मलाई लाग्दैन मेस्सीले पेनाल्टीमा गोल गर्न नसकेकै कारण अर्जेन्टिनाले दुई अंक गुमायो भन्ने ।’ ५७ वर्षका म्याराडोनाको प्रशिक्षणमा अर्जेन्टिना सन् २०१० मा दक्षिण अफ्रिकामा भएको विश्वकपमा क्वाटरफाइनलसम्म पुगेको थियो । अर्जेन्टिनाले आफ्नो दोस्रो खेलमा आउँदो जुन २१ म क्रोएसियासँग खेल्नेछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१