मोटो रकमअसुल्नका लागि विप्लव समूहकाे शैक्षिक हडताल

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ असार २०७५, सोमबार १२:०६

काठमाडौं । केही दिनअघि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठनले काठमाडौं पश्चिम भेगमा नाम चलेको एक निजी विद्यालयसँग ‘मोटो रकम’ माग गर्यो । विद्यालय सञ्चालक र त्यहाँ पैसा माग्न पुगेका सो संगठनका विद्यार्थीबीच केहीबेर रकममा बार्गेनिङ भयो।

कुरा नमिलेपछि ती विद्यार्थी नेताहरू पछि आउने भनेर हिँडे । स्कुल सञ्चालक सकेसम्म कम रकम दिने र सो विद्यार्थी संगठन बढी असुल्ने प्रयासमा छन् । ‘हामीसँग लामो समयदेखि विप्लव निकट विद्यार्थी संगठनका नेताले रकम तोकेरै सहयोग गर्नुप¥यो भन्दै आइरहेका छन्,’ स्कुल सञ्चालकले भने, ‘नदिऊँ स्कुलमा आक्रमण गर्लान् भन्ने त्रास छ, दिऊँ भने विद्यालयको आर्थिक हैसियत छैन ।’

त्यस्तै ललितपुरको सानेपास्थित एक निजी विद्यालय सञ्चालकका अनुसार विप्लव नेतृत्वको नेकपा निकट विद्यार्थी संगठनले शुल्क वृद्धि घटाउनुपर्ने निहुँ बनाएर स्कुलहरुसँग ‘मोटो रकम’ असुल्न थालेको र त्यही बहानामा शैक्षिक हड्ताल गर्ने गरेको संचालकहरुको भनाइ छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १२, २०८१