पेट्रोलियम पदार्थको मूल्य ‍घट्यो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ असार २०७५, सोमबार ०५:५३

काठमाडौं । नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टितेलको भाउ घटाएको छ ।

पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर २–२ रुपैयाँ भाउ घटाउने निर्णय गरेको हो ।

नयाँ भाउ अनुसार अब पेट्रोल लिटरको ११० रुपैयाँमा झरेको छ भने डिजेल र मट्टितेलको भाउ प्रतिलिटर समान ९३ रुपैयाँ भएको छ ।

भारतीय आयल कर्पोरशनको नयाँ मूल्यसूचीअनुसार पेट्रोलियमको भाउ घटाइएको हो । नेपालमा प्रत्येक १५ दिनमा पेट्रोलियम पदार्थको नयाँ मूल्य कायम गरिन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१