गर्मीमा यसरी बनाउनुहोस् चम्किलो मुहार

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ असार २०७५, सोमबार ०५:५१

गर्मी मौसममा अनुहारमा बिभिन्न किसिमका समस्याहरु देखा पर्न थाल्दछन् । घामले गर्दा अनुहारमा पसिना आउने, छाला कालो हने जस्ता समस्याहरु देखिन्छ । त्यसैले गर्मी मौसममा अनुहारको बिशेष हेरचाह गर्नु जरुरी हुन्छ । यसका लागि यी निम्न घरेलु उपायहरु अपनाउनुहोस्ः
– काँक्रो, गुलाबजल र कागतिको पेस्ट बनाएर अनुहारमा लगाउने र १० मिनेट पछि सफा पानीले धूने गर्नाले अनुहारमा चमकआउँछ ।

– चन्दन, नरिवलको पानी, बदामको तेल मिलाएर २० मिनेट जति अनुहारमा राख्ने र सफा गर्नाले त्वचाको कोशिकाका दागहरु हटाउन मद्दत गर्छ र त्वचा सफा, चम्किलो र गोरो देखिन्छ ।

– त्यसैगरी टमाटर, दही र कागतिको रसको फेसप्याक बनाई त्वचामा लगाउने र आधा घण्टा पछि सफा पानीले धूने गर्नाले त्वचामा पोषण प्राप्त हुन्छ र त्वचा नरम हुनुका साथै चमक पैदा हुन्छ ।

– पाकेको मेवाको २ चम्चा जति पेस्ट बनाएर त्यसमा एक चिम्टी बेसारको धूलो मिलाएर अनुहारमा लगाउनाले मेवामा भएको इम्जाइम्सका कारण कालोपन हट्नुका साथै त्वचामा भएको दागहरु मेटाउन मद्दत गर्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१