अन्तर्राष्ट्रिय योग दिवस राष्ट्रिय खबर ,जया मल्टिपल क्याम्पस र गोकर्णेश्वोर नगरपालिकाको संयुक्त आयोजनामा भब्य रुपमा मनाईंदै

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ असार २०७५, सोमबार ०५:३५

काठमाडौं  । संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक  वर्षको जुन २१ का दिनदेखि संसारभर योग मनाउन थालिएको अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि मनाईदैछ । राष्ट्र संघले एकता र शक्तिको सन्देश दिन यो दिवस मनाउन थालेको जनाएको छ । नेपालमा काठमाडौंको गोकर्णेश्वोर नगरपालिकाको माकलबारीमा रहेको जया मल्टिपल क्याम्पसको प्राङ्गणमा असार ७ गते  विहान ७ बजेदेखि योगका लागि  मानिस एक साथ जुट्दै छन् । कार्यक्रममा योगाभ्यास गर्न समाजका विभिन्न क्षेत्रका व्यक्तित्वहरु एक साथ जुट्ने छन् ।
नेपाललाई विश्वसामु अध्यात्म र योग भूमिको रुपमा चिनाउन विश्व योग दिवस मनाउन लागिएको यस कार्यक्रम आयोजक राष्ट्रिय खबर डटकमका प्रधान-सम्पादक मुकुन्द ढुंगानाले जानकारी दिनुभयो ।
११ डिसेम्बर, २०१४ मा भारतको नेतृत्वमा सुरुवात गरिएको योगलाई संयुक्त राष्ट्र संघको साधारण सभाले जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसको रुपमा स्विकारेकाले २१ जुनलाई विश्वव्यापी रुपमा योग दिवसको रुपमा मनाउन थालिएको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१