बाजेको सेकुवाका २ सय मजदुरहरु बिचल्लीमा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ असार २०७५, सोमबार ०५:०४

काठमाडौँ । बाजेको सेकुवा रेष्टुरेन्टका विभिन्न आउटलेट बन्द गरिएपछि मजदुरहरु बिचल्लीमा परेका छन्। वर्षौँदेखि कार्यरत थलो प्रहरीले बन्द गरेपछि रोजीरोटी खोसिएको भन्दै मजदुर आन्दोलनमा उत्रने तयारीमा छन्।

३३ किलो सुन तस्करी, सनम शाक्य हत्या प्रकरणमा छानबिन गर्न बनेको समितिले काठमाडौं उपत्यकाका ६ वटा आउटलेटमा सिल गरेपछि उनीहरुको जागिर गुमेको हो।

रेष्टुरेन्ट सञ्चालक चेतनाथ भण्डारी सुन तस्करीमा संलग्नता रहेको तथा आर्जन गरेको रकम रेष्टुरेन्टमा लगानी गरेको छानबिन समितिले दाबी गरेको छ।

‘हामीले काम गर्ने थलोमा एक्कासी प्रहरी आएर शिल लगाइदिएको छ। सञ्चालकको अपराधमा हामीले समेत दण्ड पाएका छौँ’ १० वर्षदेखि सेफका रुपमा कार्यरत श्यामसुन्दर हेम्बा श्रेष्ठले भने, ‘हाम्रो रोजीरोटी खोसिएको छ, अब के गर्ने थाहा छैन।’

श्रेष्ठले तलब पाउने मुखैमा रेष्टुरेन्ट बन्द हुँदा गुजारा गर्न गाह्रो परेको समेत बताए। यद्यपीसरकारले गर्ने छानबिनमा आफूहरुले समेत साथ दिने बताउँदै उनले सञ्चालकले अपराध गरेको भए उनीमाथि कारबाही हुनुपर्नेमा जोड दिए। तर रेष्टुरेन्ट नै बन्द गरेर मजदुरहरुलार्ई बेरोजगार बनाउन नहुने श्रेष्ठको माग छ।

कामदारहरुले ब्यक्तिलाई कारबाही गर्नुपर्नेमा संस्थालाई लक्षित गरेर कारबाही प्रक्रिया अघि बढाइएको भन्दै असन्तुष्टि जनाएका छन्। बाजेको सेकुवामा २ सय मजदुर कार्यरत छन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१