एसईई नतिजा असार १० भित्रै सार्वजनिक हुने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ असार २०७५, आईतवार ११:१६

काठमाडौं। यस बर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा असार १० गतेभित्र प्रकाशित हुने  परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जनाएको  छ । परीक्षा नियन्त्रण कार्यालयले परीक्षाफल प्रकाशित गर्न अन्तिम तयारी गरिरहेको छ ।

परीक्षा नियन्त्रक अम्बिका रेग्मीले यो वर्षको परीक्षाफल १० गतेभित्र गर्ने गरी तयारी गरेको जानकारी दिनुभयो । यस बर्ष प्राविधिक धारको पनि एकै पटक नतिजा सार्वजनिक गर्ने तयारी गरेको  पनिकाले जनाएको छ ।

प्राविधिक धार अन्तर्गत करिब ८ हजार विद्यार्थीले परीक्षा दिएका छन् । पनिकाले यो वर्ष आइभीआर, एसएमएस र वेवसाइटमार्फत परीक्षाफल हेर्ने व्यवस्था गरेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १२, २०८१