स्वरोजगार कर्जा वितरण

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ असार २०७५, आईतवार ०६:१०

सीप र इच्छाशक्ती भएकालाई स्वदेशमै आयआर्जनमा लगाउने र स्वरोजगार बनाउन यूवा तथा साना ब्यवसायी स्वरोजगार कोष मार्फत सरकारीले प्रवाह गर्ने कर्जा दुरुपयोग भए सरकारी सेवासुविधामा समेत असर गर्ने म्याग्दीको सदरमुकाम बेनीमा आयोजित एक कार्यक्रमका सहभागिले जोड दिएका छन् ।

लोकदिप बचत तथा ऋण सहकारी संस्थालाई यूवा तथा साना ब्यवसायी स्वरोजगार कोष मार्फत प्राप्त कर्जा लगानी सम्बन्धि अभिमुखीकरण तालिम तथा कर्जा हस्तान्तरण कार्यक्रमको उद्घाटन गदैं कोषको जिल्ला संयोजक एवम् प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले कर्जाको सदुपयोग गदैं समाजमा सन्देश दिने उद्यमी बन्न अनुरोध गर्नुभएको छ ।

उहाँले कोषबाट सहकारीलाई उपलब्ध कर्जा परिचालन तथा वितरण लगत्तै आवश्यकता अनुसार अनुगमन समेत हुने बताउनुभयो । गाउँघरबाट रोजगारको खोजीमा विदेशीएका यूवालाई रोक्न राज्यले गरेको लगानीलाई लक्षित ब्यवसायमा प्रयोग गरेमा मात्रै कर्जाको उदेश्य पुरा हुने बताउनु्भएको थियो ।

कार्यक्रममा कोष तथा लेखा नियन्त्रक एवम् अनुगमन समितिका सदस्य छविन्द्र बेलबासेले कोषको किस्तालाई नियमित गरेमा सहुलियतको सुविधा समेत रहेको बताउनुभयो । उहाँले कोषबाट प्राप्त कर्जाको दुरुपयोग तथा हिनामिना भएका कर्जा लिनेलाई सरकारी सेवासुविधा संगै अन्य वित्तिय संस्थाबाट समेत असर गर्ने बताउनु्भयो ।

अभिमुखीकरण तालिममा अनुगमन समितिका सदस्य सचिव एवम् जिल्ला संयोजक विज्ञान सुबेदीले कर्जा प्रवाह, किस्ता, ब्याजदर तथा अनुगमन लगाएतका बारेमा सहजिकरण गरेका थिए । सहकारीबाट न्यूनतम ५० हजार देखी २ लाखसम्म १५ जना उद्यमीलाई कर्जा वितरण गरिएको छ । ब्यूटिपालर ब्यवसायी राधा मल्ल र पशुपालक दुर्गाप्रसाद पौडेललाई प्रजिअ अधिकारीले कर्जा हस्तान्तण गर्नुभएको थियो ।

१० प्रतिशत ब्याजदरमा कर्जा प्रवाह गरिने छ । अभिभमुखीकरण तालिम तथा कर्जा वितरण कार्यक्रममा सहभागिको तर्फबाट बोल्दै पशुपालक यूवा कमल पौडेलले सहकारीले तालिम लिएर स्थलगत अनुगमन गरी कर्जा प्रवाह गरेर जिल्लामा नयाँ अभ्यासको सुरुवात गरेको बताउनुभयो । कोषबाट लोकदिप सहकारीलाई पहिलो किस्तामा २० लाख प्राप्त भएको छ ।

कर्जाका लागि आवेदन दिएर प्रक्रिया पुरा गरेर पहिलो किस्तामा ऋण नपाएकालाई दोस्रो किस्तामा प्राथमिकता दिने सहकारीले जनाएको छ । कोषले ५ प्रतिशतमा प्रवाह गरेको ऋणलाई सहकारीले दश प्रतिशतमा ब्यार्षिक ब्याजदरमा तीनबर्षसम्म कर्जा उपलब्ध गराउने जनाएको छ । कार्यक्रमको अध्यक्षता सहकारीका उपाध्यक्ष हरिकृष्ण शर्मा ‘गौतम’,कोषाध्यक्ष प्रमिला जोशी श्रेष्ठको स्वागत तथा सञ्चालन सचिव ओमप्रकाश शर्माले गर्नुभएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१