झापामा १० बिघाभन्दा बढी जमिन भारतीयको कब्जामा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ असार २०७५, आईतवार ०५:४२

बिर्तामोड। झापाको कचनकवल गाउँपालिका–४ स्थित पोक्लावाङको १० बिघाभन्दा बढी जमिन भारतीयले कब्जा गरेका छन्। स्थानीय रुपनी नदी धार परिवर्तन गरी उत्तरतर्फ सर्दा दक्षिणतर्फको नेपाली भूभाग भारतीयले कब्जा गर्ने गरेको स्थानीय मोहनप्रसाद राजवंशीले बताएका छन्।

‘रुपनी नदी पूर्व–पश्चिम भएर बगेको छ, धार परिवर्तन गरेर सरेको प्रस्ट सबैलाई थाहा हुन्छ’, उनले भने, ‘नदी नै सीमा हो भन्दै नेपालको १० बिघाभन्दा बढी जमिन वर्षौंदेखि भारतीयले भोगचलन गरिरहेका छन्।’

हरेक वर्ष नदी कटान गरी उत्तरतिर सर्ने गरेको र दक्षिणतिरको जमिन भारतीयले नै भोगचलन गर्दै आएको स्थानीयले बताएका छन्। नदीको धारभन्दा लगभग ४ सय मिटर दक्षिणमा मात्र सीमास्तम्भ छ। तर, भारतीय नागरिकले जबर्जस्ती जमिन भोगचलन गरिरहेको उनको भनाइ छ।

नदीले धार परिवर्तन गरी नेपालतर्फ सर्दा आफ्नो सात बिघा जमिन पारि पुगेको सुनाउँदै उनले जमिन भारतीयले जोतभोग गर्दै आएको दाबी गरे। भने, ‘मेरा बुवाले धेरै पटक प्रहरीसँग गुहार माग्नुभयो तर सुनुवाइ भएन।’ अन्नपूर्ण पोस्ट दैनिकमा रविन भट्टराईले खबर लेखेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१