सुरुवात मै गोल गरेका रोनाल्डोले रचे यस्ता कीर्तिमान

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ असार २०७५, शनिबार ०५:०५

काठमाडौं ।  कप्तान क्रिस्टियानो रोनाल्डोको पेनाल्टी गोलमार्फत विश्वकपको पहिलो खेलमा स्पेनविरुद्ध पोर्चुगलले चौथो मिनेटमै अग्रता लियो।

तस्रो मिनेटमा नाचोले उनलार्इ पेनाल्टी बक्समा लडाएपछि रेफ्रीले पोर्चुगललार्इ पेनाल्टी गरेका थिए। रोनाल्डोले १२ यार्ड टाढाबाट प्रहार गरेको सटमा गोलकिपर डेभिड डी गियाको केही सीप लागेन्।

पेनाल्टी गोलसँगै रोनाल्डोले यस्ता कीर्तिमान रच्यो

विश्वकप, युरोपियन च्याम्पियन्सिप तथा कोपा अमेरिका लगायतका विश्वका ८ ठूला प्रतियोगिताहरुमा लगातार गोल गर्ने रोनाल्डो एक्लो खेलाडी बनेका छन्। उनले २००४ देखि हालसम्म भएका ती सबै प्रतियोगितामा गोल गरेका छन्।

लगातार चार विश्वकपमा गोल गर्ने रोनाल्डो चौथो खेलाडी बनेका छन। उनीअघि चारविश्वकपमा गोल गर्ने खेलाडीहरु पेले, मिरोस्लाभ कोल्से र युइ सिलरमात्रै थिए। रोनाल्डोले २००६ को विश्वकपमा २६ सट प्रहार गर्दै १ गोल गरेका थिए। यस्तै २०१० र २०१४ को विश्वकपमा उनले २२ सटमा १-१ गोल गरेका थिए।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१