आयोजक रसियाले साउदी अरेबियालाई ५-० ले पराजित गर्दै विश्वकपमा शानदार सुरुवात

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ असार २०७५, शुक्रबार १३:०३

विश्वकपमा आयोजक रसियाले  उद्घाटन खेलमा साउदी अरेबियालाई ५-0 को फराकिलो अन्तरले हराउँदै  सन् २०१८ को विश्वकप फुटवलको सुखद सुरुवात गरेको छ ।

नेपाली समय अनुसार बिहीबार राति पौने ९ बजे सुरु भएको खेलमा रसियालाई जिताउन डेनिस चेरसेबले २ तथा युरी ग्याजिन्स्की, आर्तेन जुबा र अलेक्जेण्डर गोलोविनले १/१ गोल गरे ।

रसियाले खेलको १२ औं मिनेटमा नै ग्याजिन्स्कीको गोलमा अग्रता लियो । त्यसपछि चेरसेबले ४३ औं मिनेटमा गोल थपेपछि पहिलो हाफमा रसियाले २-० को अग्रता लियो ।

७१ औ मिनेटमा जुबाले गोल गरे भने बाँकी २ गोल खेलको इन्जुरी समयमा भयो । इन्जरी समयको पहिलो मिनेटमा नै चेरसेबले गोल गरे भने खेल सकिने केही सेकेण्ड अगाडि गोलोविनले गोल गरे ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१