ट्रम्प–किम वार्ताको नेपाल परिवार दल द्वारा स्वागत

काठमाडौँ  । नेपाल परिवार दल ले अमेरिकन राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका सर्बोच्च नेता किम जोङ उनबीच भएको ऐतिहाँसिक भेटवार्ताको स्वागत गरेको छ । शान्ति, समृद्धि र निशस्त्रीकरणका लागि भएको चारबुँदे सम्झौताले कोरियाली प्रायद्वीपका साथै विश्वमा शान्ति कायम गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने बिश्वाश परिवार दलले गरेको छ । सहमतिको प्रभावकारी कार्यान्वयन र आपसी हितका बाँकी विषयहरुमा बार्ता द्वारा थप समझदारी गर्दै जाने कुराले कोरियाली प्रायद्वीपमा दिगो शान्ति कायम हुने अध्यक्ष एकनाथ ढकाल द्वारा जारि बिज्ञप्तिमा उल्लेख छ । ट्रम्प र उनबीच यही जुन १२ गते सिंगापुरमा पहिलोपटक भेटवार्ता भएको थियो । पूर्व मन्त्रि समेत रहेका परिवार दलका अध्यक्ष ढकालले पटक -पटक उत्तर कोरिया तथा अमेरिकाको भ्रमण गरि दुवै देशका उच्च नेतृत्व संग भेटि कोरियाली प्रयाद्दिपको शान्तिको बारेमा पहल कदमी लियका थिए ।

शुक्रबार, असार १, २०७५ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित सामाग्री