ठमेलबाट पेस्तोलसहित दुई पक्राउ!

काठमाडौं। प्रहरीले काठमाडौंको ठमेलबाट पस्तोलसहित दुई जना युवा लाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा काभ्रे घर भइ सितापाइला बस्ने २६ वर्षीय देव कुमार थापा र धादिङ घर भएका २९ को कमल गुरुङ रहेका छन्।

केही दिन देखि ठमेल, ज्याठा क्षेत्रमा केही अपरिचित गुण्डा जस्ता देखिने व्यक्तिहरुले होटल, रेष्टुरेन्ट तथा अन्य व्यवसायीहरुलाई डर त्रास देखाइ रकम असुल्दै हिँडने गरेको गोप्य सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसरले जनाएको छ।

उनीहरूबाट १ थान पेस्तोल र १ थान खुकुरी बरामद भएको प्रहरीले जानकारी दिएको छ। उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

बिहिबार, जेष्ठ ३१, २०७५ मा प्रकाशित

सम्बन्धित सामाग्री