बीपी राजमार्गमा प्रहरी र ब्यबसायीबिच झडप,पत्रकार सहित ४ घाइते

काठाडौँ । व्यवसायी र प्रहरीबीच झडप हुँदा पत्रकारसहित चार जना घाइते भएका छन् । घटना गएरातीको हो । गएराती रामेछापको मन्थलीमा प्रहरी र स्थानीय व्यवसायीबीच भएको झडपमा पत्रकारसहित चार जना घाइते भएको प्रहरीले जनाएको छ । बीपी राजमार्गमा ढुवानीका साधन बन्द गरिएको विरोधमा आन्दोलनमा उत्रिएका व्यवसायीमाथी प्रहरी जाइलागेपछि सुरु भएको झडपले उग्र रुप लिउको थियो ।

स्रोतका अनुसार प्रहरीको लाठीचार्जबाट तामाकोसी ढुवानी सेवा समितिका अध्यक्ष नविन कार्की, व्यवसायीहरु उद्धवकुमार श्रेष्ठ र कृष्ण सुवेदी घाइते भएका छन् भने  झडपका क्रममा समाचार संकलन गर्न गएका पत्रकार युनिक विफा घिसिङ पनि  घाइते भएका छन् । उनको तिघ्रामा चोट लागेको छ । राति ९ बजेसम्म २० वटाभन्दा बढी मालबाहक सवारी साधन रोकिएपछि प्रहरीले गन्तव्यमा पठाउन खोज्दा झडपको अवस्था सिर्जना भएपछि केही बेर त्यहाँको अवस्था तनावले भरीएको थियो । अहिले भने उक्त क्षेत्रको अवस्था सामान्य नै छ ।

बिहिबार, जेष्ठ ३१, २०७५ मा प्रकाशित

सम्बन्धित सामाग्री