मन्त्रीलाई कडा प्रश्न सोध्दा कार्यक्रम नै बन्द !

काठमान्डौ। सुचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई सम्पत्ति विवरणमाथि प्रश्न सोधेका कारण नेपाल टेलिभिजनमा १२ बर्षदेखि प्रसारण हुँदै आएको एक कार्यक्रम बन्द भएको छ ।

कार्यक्रम सञ्चालक राजु थापाले मन्त्री बाँस्कोटोको निर्देशनमा टेलिभिजन व्यवस्थापनले कार्यक्रम रोकेको आरोप लगाएका छन् ।

नेपाल टेलिभिजनमा शनिवार राति ८ः ४५ बजे प्रसार हुने सिधा प्रश्न नाम कार्यक्रममा दुई साताअघि मन्त्री बाँस्कोटालाई कार्यक्रम सञ्चालक राजु थापाले कम्युनिष्ट मन्त्रीहरुको दाईजोमा धेरै सम्पत्ति देखियो भन्ने आलोचना छ नि रु भन्ने प्रश्न गरेका थिए ।

बिहिबार, जेष्ठ ३१, २०७५ मा प्रकाशित

सम्बन्धित सामाग्री